Sunday, June 23, 2019

आविष्कार भारतीका आठ हाइकु

~आविष्कार भारती~

गिद्धे नजर
सिनो हुन बाँकी छ
बकस रुजु
**********
दम्भ पातको
रुख मैले बचाको
जिल्ल छ जरा । 
***********
इस्पात रोयो
स्वअस्तित्वको खोजी
भुङ्ग्रो तयार
**********
व्यङ्ग्य झापड
नपर्दा आफूलाई
दुधालू स्वाद
***********
समिप मेघ
भ्यागुताको दोहोरी
खेतको जात्रा
***********
बिर्सेंको कुवा
चौतारो टोलाउँछ
सम्झना कुर्दै
***********
 
(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment