Saturday, September 26, 2015

कविता : जुत्ता र मोजाहरू

~सन्तोष लामिछाने~

भोक र भित्ताहरूको मात्र किन
आज
जुत्ता र मोजाहरूको कथा पनि सुन

जुत्ता जसले कुल्चन्छ
हर चिज चाट्न बाध्य हुन्छ
मोजा जो प्रायः थुनिन्छ, निसासिन्छ
हो आज तिनै
जुत्ता अनि मोजाका कुरा गर्दैछु

कविता : आत्माखोज

 ~रोशा पोखरेल~

बिर्सिएर आफैलाई हराउन पाए
आफैसंग परिचय गराउन पाए
आनन्दीले मुटूभरि लुटुपुटु खेली
शीत लिप्थिन् निधारमा आफै पाउन पाए ।।

निलो आकाश छाना मेरो, घाँसै गुन्द्री मेरै
आकाशैको झुल्के घाम, बादल छत्री मेरै
छोपिदिए निदरीले पुग्ने थिएँ त्यहाँ
छेकिदिन्छ क्षितिजले धरतीलाई जहाँ

कविता : मानचित्रमा के हुन्थें

~पूर्ण श्रेष्ठ~

चवन्नहजार चारसय, वर्गमिलमा फैलेको ।
पूर्व पश्चिम तन्केको, चौडाइ खुम्चेको ।।
अग्ला हिमाल, पहाड अनी सम्म तराई बोकेको ।
ईंट्टा आकारमा फैलेको, मेरो बर्तमान स्वरुप ।।

जन्मँदै जुध्नु परेथ्यो, सैयौं प्रहार खपें ।
सकेनन् जित्न कसैले, वैरी साराले हारे ।।
महत्वाकाङ्क्षा झनै बढ्यो, विशाल राष्ट्र बन्ने ।
दक्षिणमा बनारस पुग्ने, अनी उत्तरमा ल्हासा चाढ्ने ।।

कविता : मन

~अर्चना धाख्वा~

दुखमा न सुखमा यहाँ
निरन्तरता छ नै कहाँ
समयको गतिमा समयसंगै
चल्छ यहाँ मनै कहाँ

कहिले विगत, कहिले भविष्य
सोचाइमा अल्झेको मति
जे छ त्यो अहिल्यै छ

कविता : कविता


~तिलकराम लुईटेल~

कविता तिमीलाई देखेको, जानेको र बुझेको छैन
तर
तिमीलाई सम्झिरहन्छु, माया गर्छु ।

कल्पना गर्छु
तिमी सुन्दर हौली
तिम्रो सुडौल नाडी
हात्तीको सुंड जस्तो तिघ्रा
बारुलाको जस्तो कम्मर

कविता : खै यो के भयो मेरो देश

~डा निलेश तिमील्सिना~

गुण्डा मर्दा नेता तात्छन्
चोर देखी पुलिस भाग्छन्
विदेशिका गुलामहरु नै
यहाँ सार्वभौमताका गाथा गाउँछन्
खै यो के भयो मेरो देश ।

युवा जती बिदेश पस्छन्
बुढाखाडा श्रम बजार ओग्ट्छन्
यस्तो मानवश्रोतको अभावमा पनि
नेताहरु बिकासको राग रट्छन्
खै यो के भयो मेरो देश ।

कविता : मेरा मनका कुरा


~भक्तिलाल बाटाजू~

आज यस सभामा मन लागेको केही कुरा भन्न
र सुन्न आउनु भएको सुजन हो ।
माता पिता र जन्मभूमिलाई पनि
कहिल्यै नभुल्नु है
कोइ मार समर्था नई कि दुईको बसाईमै

कविता : अनुरोध

~डा. रमेश खनाल~


हे, मेरा प्रिय बन्धुहरु

हे, मेरा प्रिय मित्रहरु

आउ, मेरो हार्दिक अभिनन्दनलाई स्वीकार गर

मेरो हृदयका पुष्प गुच्छाहरुलाई साधिकार ग्रहण गर। 

श्वेत हिम शिखरहरु सुर्योदयको लालिमाले स्वर्णिम बनेका छन्

अब एउटा नूतन युगको आबिर्भाव गर्नु परेको छ

Thursday, July 9, 2015

कविता : मलाई नेपाल जान मन्छ

~तिलकराम लुईटेल 


मलाई नेपाल फर्कन मन्छ,
त्यहाँको धुलो खाने मन्छ,
त्यहाँको धुवाँ खाने मन्छ,
त्यहाँको हिलोमा चिप्लेटी खेल्ने मन्छ,
मलाई नेपाल....

जहाँँ पायो त्यहीँबाट बाटो काट्न मन्छ,

Friday, June 12, 2015

अनुदित कविता :नारी प्रति

~नारायण देवी श्रेष्ठ~ 
अनुवाद : महेशराम श्रेष्ठ


संगी, त्यो दिन आउने छ
छोरी जन्मदै रुंदिन आमा ।
भार स्वजनको हुंदैन अनी,
लाञ्छना पखस बन्धन कहिल्यै
नासो छोरीको हुंदैन तब ।
संगी, त्यो दिन आउने छ

मन मजूरको पंखा कहिल्यै
काटिन्न त्यो कैंचीले
कोपिलामा नै फालिन्न

Saturday, November 22, 2014

कविता : झोला


~विश्वजित अधिकारी~

सबै भन्छन् झोला झोला खुल्दुली लाग्यो
यो फिलिम कस्तो होला ?
हेर्न पाए हुनेथियो फेरिन्छ कि मान्छेको चोला
भन्छन् हेरेकाले फर्किन्छ आर बगेको खोला

कविता : बिदेश का बेदना

~वेदमाया धिमाल~

निजा जन्मभूमि निज जन्म माता
निजा वेद विद्या निजा मात्रि भाषा
उ हुन स्वर्ग भन्दा पनि मान्नु पर्ने ।
उनै झन छुटेछन कसो आज गर्ने ।।

बाल कविता : मेरो प्यारो बाबा

 ~मेखा श्रेष्ठ~

गौतम बुद्ध जस्तो शान्त
भिमसेन थापा जस्तो उत्साही
घरको छानो भै बस्ने
मेरो प्यारो बाबा

कोइलीको जस्तो मिठास
आमाको कविता सूर लगाई
नेपाललाई चिनाउने

कविता : भोजहरूमा अचेल

~सन्तोष लामिछाने~

कैयौं भोजहरूमा अचेल देखिन्छ
असुरक्षाका भ्रमले आशंकित
मानवीय तरलता
त्यहाँ, हाउभाउमा, कमै भेटिन्छन्
सुखद, सम्मोहक, सर्वश्रेष्ठ सरलता

कविता : अमुल्य वरदान

~रवी शाह~



नित् नौला  सपना संगाल्नु, टुटिनु,  
छुट्टिनु, गुमाउनु पाउनु.
येही संघर्ष नै हाम्रो भविष्य   वर्तमान हो.

                              लडदै पड्दै, हास्दै रुदै, एक अर्का  
               लाई दुख सुख मा साथ दिदै,
                              जीवन यात्रा मा अघि बड्दै जानु,  
               यसै मा  हामी सबै को कल्याण हो.

कविता : मनको व्यथा

~डा. रोशा पोखरेल~



नयनमा आयो कालो यो चित्र
मानको व्यथा फुकौँ कसरी
गढ्द किल्ला यो छाती भित्र
गहिरो घाऊ लुकौँ कसरी ?

कविता : फर्कि आउनेछु

~सोम खनाल~

शीखरै फुल्ने त्यो मेरो नेपाल, गुराँश थुंगाको
कस्तुरी डुल्ने ती डाडा पाखा, चप्लेटी ढुंगाको
स्मृती मीठो आतैमा बोकि छोडेर आको छु
मुटुमै रोपि देशको माया गोडेर आको छु ।


थाहा छ मलाई के फुल्छ सधै पाहाडी पाखामा
बिरह बनि के बग्छ सधै रसीला आखामा
म टाढा हुन्न ती आखाबाट ओझेल परेर
फर्केर आउछु म हैन गा'को बसाई सरेर ।

कविता : आफू त् लाहुरे पो भईयो

~अविमन पसछें~



परार जस्तै लाग्छ मुग्लान पसेको
गोरेटो किन अप्ठ्यारो लागेको
चौतारी नै छैन थाकेको
खुट्टो लाई  मोटरको  लत लागेको

हल्का इंग्लिश मैले के छांटेको
नौलो  देखेर हो की ताक हानेको
तीसको  भाडा लाई  साठी मागेको

कविता : जिन्दगानी

~हिमाल प्र. रेग्मी~

पहाडको काखबाट शुरुभयो जिन्दगानी,
भीर, पाखा, खोल्सा, खोल्सी बग्दै गयो जिन्दगानी ।
कुईनेटोमा ठोकिएर, फाँटहरुमा पोखिएर,
खहरे र खोलो हुँदै बेंसि झर्यो जिन्दगानी ।।१।।

उकाली र ओरालीमा लडीबुडी खेल्दै, हाँस्दै,
सुख दुःख शनैः शनैः बढ्दै गयो जिन्दगानी ।
कैले माथि, कैले तल उचालिंदै पछारिंदै,
रोटेपि·को पिर्का जस्तै घुम्दै गयो जिन्दगानी ।।२।।

कविता : नारायणीसँग

~डा. रमेश खनाल~

आईरहेछु दर्शन अन्तिम गर्न
टलपल टलपल गर्दै नयन
जान्छु अब हे, प्रिय सखे
पवित्र स्‍मृति सँचिराखे ।

महानदि मेरो स्वीकार बिदा
देखाई आफ्नो सौन्दर्य छटा
म जान्छु तिमीदेखी दूरस्थलमा