नयनमा आयो कालो
यो चित्र
मानको व्यथा फुकौँ कसरी
गढ्द छ किल्ला
यो छाती भित्र
गहिरो घाऊ लुकौँ
कसरी ?
दिनले ओड्दा रातको जामा
कुन्नी के गार्दी
हून् मेरी आमा
बालाइ नि निन्द्रा
काहाँ पर्दो हो
एक्लोपनले कति पोल्दो
हो
चरी म हैन
पखेटा छैन
उडी मा जाऊँ,
जाऊँ कसरी
मानको व्यथा फुकौँ कसरी
गढ्द छ किल्ला
यो छाती भित्र
गहिरो घाऊ लुकौँ
कसरी ?
छिट्टै नै आउँला
भनेर आएँ
बाचा नि त्यही
भनेर खाएँ
हेर्दी हुन् बाटो
ए मेरी आमा
सुस्केरा लिँदी हुन् लामा
लामा
फर्की मा जाऊँ
त बाटो छैन
पाइला सारुँ सारुँ कसरी
मानको व्यथा फुकौँ कसरी
गढ्द छ किल्ला
यो छाती भित्र
गहिरो घाऊ लुकौँ
कसरी ?
(नोवेम्बर २२,२०१४ मा आयोजित 'नाफा - साहित्य साँझ २०७१'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment