Friday, June 12, 2015

अनुदित कविता :नारी प्रति

~नारायण देवी श्रेष्ठ~ 
अनुवाद : महेशराम श्रेष्ठ


संगी, त्यो दिन आउने छ
छोरी जन्मदै रुंदिन आमा ।
भार स्वजनको हुंदैन अनी,
लाञ्छना पखस बन्धन कहिल्यै
नासो छोरीको हुंदैन तब ।
संगी, त्यो दिन आउने छ

मन मजूरको पंखा कहिल्यै
काटिन्न त्यो कैंचीले
कोपिलामा नै फालिन्न

फूल्नेछ नारी यै धरतीमा ।

श्रीमती र जुत्ता अब तौलिन्न
सबैको खुट्टाको मैला हुंदैन उनी ।
पारीत्यक्ताका जीवन साधन
केवल यौवन मात्र हुंदैन ।
संगी, त्यो दिन आउने छ ।

विवस बुहारीले पनि एकदिन
निर्भिक सुस्केरा हल्न पाउने छ ।
चराक्क गाला चाडकाउँदा हाम्रो हक
'आय्या' भन्न पाउने पनि आउने छ ।
संगी, त्यो दिन आउने छ ।

आफ्नै साहसले हिमचुली चाड्ने छन्
आफ्नै धिरताले पर्वत टाकुरा छुने छन् ।
आफ्नो पवित्र माया र ममताले
जगतलाई नै अमृतमाया पार्ने छन् ।
संगी, त्यो दिन आउने छ ।

नारी औंलाले धरती थिच्दा
भूकम्प पनि रोक्ने छन् ।
हाम्रा प्रतापले सूर्य पनि तर्सिन्छन्,
अवला नारी तब रुनु पर्ने हुन्नन् ।
संगी, त्यो दिन आउने छ ।

आउँछ, आउँछन्, जरुर आउँछ
अवश्य पनि आउनै छ त्यो दिन ।
अँध्यारो रोये पछि पूर्वबाट सूर्य उदए जस्तै
हामी पनि उदाउन पाउने छौं ।
संगी, त्यो दिन आउने छ ।

(करीब ६५ बर्ष पहिले लेखिएको कविता)

(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment