Saturday, November 22, 2014

कविता : आफू त् लाहुरे पो भईयो

~अविमन पसछें~



परार जस्तै लाग्छ मुग्लान पसेको
गोरेटो किन अप्ठ्यारो लागेको
चौतारी नै छैन थाकेको
खुट्टो लाई  मोटरको  लत लागेको

हल्का इंग्लिश मैले के छांटेको
नौलो  देखेर हो की ताक हानेको
तीसको  भाडा लाई  साठी मागेको
रुपियाँमा गनि डल्लर चित बुझाको

बाटोको एंसेलु के खाएथें
एक दुइ निमेष मै थला परियो
डाक्टरले स्वस्थ छस  भनेथ्यो
% दुधले हो कमजोर बनाएको


बच्चा  बुढा सबैले उछिनी हिंदेछ
एक घन्टाको बाटो दुइ घण्टा लागेछ
आफु भन्दा  भरिया चाँडो  पुगेछ
ढिदोलाई पिज्जाले के सक्थ्यो


आजै मात्र हो गाउँ फर्केको
भेटना साथ सबैले हेरन सोधेको
कति दिनको यंहा बसाई हो
गाउँमा त् पाहुना पो भएको


घरको ढोका ढक ढक्याउन्दा
आफनै बुढी  बजेले सोध्नु भाको
ढाका  टोपीमा नदेखेर पो हो की
बाबु बास  माग्न आएको


धितै मर्या थिएन फर्किने बेला भो
पोका पन्तुरा फेरी कस्नु परीगो
इन्जिनियरिङ् पढ्न आएकॊ
आफु लाहुरे पो भईयो

(नोवेम्बर २२,२०१४ मा आयोजित 'नाफा - साहित्य साँझ २०७१'मा तेस्रो भएको प्रतियोगी कविता) 

No comments:

Post a Comment