Saturday, November 22, 2014

बाल कविता : मेरो प्यारो बाबा

 ~मेखा श्रेष्ठ~

गौतम बुद्ध जस्तो शान्त
भिमसेन थापा जस्तो उत्साही
घरको छानो भै बस्ने
मेरो प्यारो बाबा

कोइलीको जस्तो मिठास
आमाको कविता सूर लगाई
नेपाललाई चिनाउने

मेरो प्यारो बाबा

औंला समाई अमेरिका सम्म
 ल्याउनेमेरो प्यारो बाबा
दिनलाई रात रातलाई दिन मानी
सहारा दिने मेरो प्यारो बाबा
हजूर बिनाको जिन्दगी अधुरो हुनेछ
मेरो प्यारो बाबा
मेरो प्यारो बाबा

(नोवेम्बर २२,२०१४ मा आयोजित 'नाफा - साहित्य साँझ २०७१'मा वाचन गरिएको सहभागी प्रतियोगी बाल कविता)

No comments:

Post a Comment