Saturday, September 26, 2015

कविता : मन

~अर्चना धाख्वा~

दुखमा न सुखमा यहाँ
निरन्तरता छ नै कहाँ
समयको गतिमा समयसंगै
चल्छ यहाँ मनै कहाँ

कहिले विगत, कहिले भविष्य
सोचाइमा अल्झेको मति
जे छ त्यो अहिल्यै छ

मस्तिस्क यो बात मान्छ कहाँ
अनिश्चितता र अन्योलले पिडित
हृदयले वास्तविकता धान्छ कहाँ

दुखमा न सुखमा यहाँ
निरन्तरता छ नै कहाँ
समयको गतिमा समयसंगै
चल्छ यहाँ मनै कहाँ

वायु, माटो, जल, अग्नि, आकाश
जीवन फेरि यहिं  जान्छ मिलि
क्रोधको बास, जलनको आभास
मेटाउने तैपनि प्रयास कहाँ
'म' भन्ने नै कोहि हुन्न
अहमलाइ दबाउने सहास कहाँ

दुखमा न सुखमा यहाँ
निरन्तरता छ नै कहाँ
समयको गतिमा समयसंगै
चल्छ यहाँ मनै कहाँ

 (सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment