~अर्चना धाख्वा~
जिउँदो लास झैं यहाँ बाँचु त के बाँचु
बेजान शरीर यो मेरो साँचु त के साँचु
यो ढुक्ढुकी मेरो धड्कन हो कि कुनै गुहार
ठम्याई यो स्पन्दन गरी देऊ उपकार ।।
ओठको हाँसोमा लुकेको यातना
Saturday, January 4, 2014
कविता : बुद्ध र म
~दिनार 'रनादी'~
बुद्ध र म
एकै दिन एकै ठाँउमा जन्मियौं
अनित्य जानेर बुद्ध नित्यमा लागे
दु:ख चिनेर सिद्दार्थ बुद्ध भए
म अनित्यमा नित्य खोजी रहें
दु:ख मानेर म बुद्धु भएँ ।।
बुद्ध र म
एकै दिन एकै ठाँउमा जन्मियौं
अनित्य जानेर बुद्ध नित्यमा लागे
दु:ख चिनेर सिद्दार्थ बुद्ध भए
म अनित्यमा नित्य खोजी रहें
दु:ख मानेर म बुद्धु भएँ ।।
कविता : मेरो प्यारो शहर दार्जीलिंग
~सुषमा श्रेष्ठ~
सुन्दर,
स्वच्छ,
रमणिय दार्जीलिंग, मेरो गाउँ
तिर्थ गर्नु जानु छैन देश-विदेश टाढा
शिंचेल चार धाम हामीसितै छन् महांकाल डाँडा
सुन्दर,
स्वच्छ,
रमणिय दार्जीलिंग, मेरो गाउँ
तिर्थ गर्नु जानु छैन देश-विदेश टाढा
शिंचेल चार धाम हामीसितै छन् महांकाल डाँडा
कविता : नयाँ वर्षले ग-यो कामना
~राजेन्द्रप्रसाद अर्याल~
हाम्रो आँगनीमा
वैभबताले परिपूर्ण गर्ने
शास्वत देवी लक्ष्मी बनेर आऊ
अटल शान्ति र
अहिंसाको सन्देश छर्दै
गौतम बुद्ध बनेर आऊ
आऊ सारा अन्धकार नाश गर्ने
हाम्रो आँगनीमा
वैभबताले परिपूर्ण गर्ने
शास्वत देवी लक्ष्मी बनेर आऊ
अटल शान्ति र
अहिंसाको सन्देश छर्दै
गौतम बुद्ध बनेर आऊ
आऊ सारा अन्धकार नाश गर्ने
कविता : सर्वोत्तम उपहार
~सीता अर्याल~
पाँच दशक पारिका हिउँदहरुमा
मेरा मनभित्रको जँघारहरुमा
एउटा चाहना पलाएको छ
आफ्ना कलकलाउँदा प्रतिरुपहरुसँग
विन्तिपत्र थमाउन मन लागेको छ ।
पाँच दशक पारिका हिउँदहरुमा
मेरा मनभित्रको जँघारहरुमा
एउटा चाहना पलाएको छ
आफ्ना कलकलाउँदा प्रतिरुपहरुसँग
विन्तिपत्र थमाउन मन लागेको छ ।
कविता : जिन्दगी
~राम श्रेष्ठ~
जिन्दगीको परिभाषा खोज्न मैले पटक पटक गुगल गरें
साथी भाइ अनि संगिनी सँग धेरै मन मुटाव गरें
कसैबाट सन्तोषजनक अर्थ पाउन नै सकिन
अनि
म आफैले आफूलाई फेरी प्रश्न गरें
कहिले एकान्तमा त कहिले मनिसहरुको भीडमा
अन्त्यमा

कविता : अब आउने पन्ध्र बर्षमा
~पूर्ण श्रेष्ठ~
चाउरी बढ्दै गएका अनुहारहरु बोकेर
कम्जोर बन्दै गएका मांसपेशीका शरीर बोकेर
अवकास लिने दिनहरू गन्ती गर्दै बिताइ रहेको हुनेछु
अब आउने पन्ध्र बर्षमा ।।
कुशन राखेको बेतको कुर्सीमा बर्को ओढेर
पावरदर चस्माको सहारामा

कविता : लाज हारे पछि
~अविमन पसछें~
आँखा चिम्ली
हुइकिंदै आए
तरबारको बाटो छोडनै पर्यो
लाज हारेपछि
नियम तोडनेले
जित्ने नै भयो
झुठो बोलेपछि
सिंग न पुच्छर को
आँखा चिम्ली
हुइकिंदै आए
तरबारको बाटो छोडनै पर्यो
लाज हारेपछि
नियम तोडनेले
जित्ने नै भयो
झुठो बोलेपछि
सिंग न पुच्छर को
NAFA - Sahitya
Hello NAFA friends,
We will be updating this blog space with the creative creations of different NAFA members. Please email us your creation at nafa.sahitya@gmail.com if you are a current NAFA member or Ex-NAFA member.
NAFA-Sahitya
Thursday, November 21, 2013
झरीमा साहित्यको बर्षात - साहित्य साँझ २०७० - म्याडिसन, विस्कन्सिन
~आबिष्कार भारती~
नेपाली साहित्य एवं संस्कृतिको जगेर्नाको लागि महाकवी लक्ष्मी प्रसाद
देवकोटाको १०४औं जन्म जयन्तिको अवसर पारेर अमेरिकाको विस्कन्सिन राज्यको
म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री संघ(नाफा)ले सदा झैं यस बर्ष पनि
'नाफा - साहित्य साँझ २०७०', मार्ग १ २०७० तद्-अनुसार नोवेम्बर १६ २०१३,
शनिवारका दिन
Saturday, November 16, 2013
कविता : हाम्री म्याडिसन
~हिमाल प्र. रेग्मी~
२
उन्मत्त हरियालीमा मदमस्त भै पवन सन–सनाउने,
चौर, बगैंचा र ताल किनारहरुमा, उन्मुक्त बैंसको बिस्कुन सुकाउने,
अलिकति शीत, अलिकति ताप, न जाडो न गर्मी
बाल बृद्ध सबै सबै घर बाहिरै रमाउने, न लामो न छोटो दिन
अन्त्यहीन हरियालीको संसार, यी हुन हाम्री गृष्मकालीन म्याडिसन ।।
१
कुकुना भन्दा पहिले कोपिला झुलाउने, पात भन्दा पहिले फूल फुलाउने,
बिहानीदेखि साँझसम्म फूलको सुवास छर्दै, वसन्ती छटा मुस्कुराउने,
टाढा–टाढा क्षितिजसम्म उस्तै उस्तै, जत्ति हेरे पनि आँखा नअघाउने,
वल्लो डाली र पल्लो डाली, मगनमस्त भै चराहरु चिर्विराउने,
फूलै फूलको सिङ्गो संसार, यी हुन हाम्री वासन्ती म्याडिसन ।।

कविता : शब्दहरु
~सोम खनाल~
शब्द नै रसिला कस्ता,प्यास नै पो मेटाउने
शब्दैका पन्तुरा भित्र, आत्मा नै हो भेटाउने
शब्दका छहारी शीतल, शब्दैका झरना झरी
एक्लो हृदयका साथी शब्द नै छन् वरीपरी ।
शब्दमै पहिरो चल्छ, शब्दैमा उठ्छ टाकुरा
शब्दले डढेलो लाग्छ, शब्द उम्रन्छ अंकुरा
शब्द लगाएर पैंचो, उधारो बाच्छ जिबन
शब्दैका मोहनी,माया, सपना साँच्दछ मन ।

कविता : अर्थ
कविता : वसन्त
~कमला रेग्मी~
वसन्त तिमी महान छौ !
डाँडा पाखा रंगीचंगी भएर आउँछौ
आकाशलाई सजाउँछौ, पहाडलाई जगाउँछौ
भीर पाखामा फुल फुलाउँछौ, खोला नदीमा रमाउँछौ
आहा ! वसन्त तिमी कति महान छौ !
निदाएकालाई बिउझाउँछौ, विरक्तिएकालाई आल्हादीत गराउँछौ

कविता : प्रेम प्रक्रितीको सुन्दर वरदान
~रवी शाह~
जन्म देखी हामी सँग लिएर आउँछौं,
एउटा अद्भूत कोमल, निर्मल मुस्कान ।
जस्ले आमा बाबा, घर भरी सबैलाई पारी रहन्छ हैरान,
शायद, यही नै हो प्रेमको पहिलो परिचय र पहिचान ।।
प्रेम र मायाको सुन्दर अनुभुती,
प्रेम नै हो जीवनको अविरल ज्योति ।
यो सागरमा डुबेर कोइ फर्किए रित्तै हात,
कोइ पाए हिरा मोती ।।

कविता : आर्तनाद
कविता : तिहार परदेशिको
कविता : त्यो क्षण सम्झिदा
~महेन्द्र पाठक~
जब मृत्यु अपराजय भएर ठिङ्ग उभिन्छ
अनि तिमी भन्दैथियौ आफ्नी राम्रो ख्याल राख्नु है
जब तिमी आईसीयुको कोठरीमा तरवारले बाँधिएर
जीवनको अन्तिम पल बिताईरहेथ्यौ
अनि भन्दैथियौ
'सँधै खुशी र सुखी रहनु है'
कसरी रहुँ म खुशी, कसरी राखुँ ख्याल आफ्नो
तर तिमीले त कहिल्यै भनिनौ, तिमी भित्र कती पीडा थियो भनेर ।।

कविता : आमा
~अविमन पसछें~
अंश सुम्पी बास दिए
गर्भमा जीवनहरु
वात्सल्यतामा परिणत भए
प्रसवका पीडाहरु
बाँडे पनि भरिपूर्ण रहे
कोखमा मायाहरु
संतति मै खोज्न थाले
जीवनका अर्थहरु ।।
कोखाई कोखाई ख्वाई रहे
सहेर भोकहरु
अंश सुम्पी बास दिए
गर्भमा जीवनहरु
वात्सल्यतामा परिणत भए
प्रसवका पीडाहरु
बाँडे पनि भरिपूर्ण रहे
कोखमा मायाहरु
संतति मै खोज्न थाले
जीवनका अर्थहरु ।।
कोखाई कोखाई ख्वाई रहे
सहेर भोकहरु
Subscribe to:
Posts (Atom)