जिउँदो लास झैं यहाँ बाँचु त के बाँचु
बेजान शरीर यो मेरो साँचु त के साँचु
यो ढुक्ढुकी मेरो धड्कन हो कि कुनै गुहार
ठम्याई यो स्पन्दन गरी देऊ उपकार ।।
ओठको हाँसोमा लुकेको यातना
आँखाको गहिराईमा छुपेको वेदना
कति सक्छु म सम्हाल्न आँशुको भेललाई
हारी हारी बिताउन जीवनको खेललाई ।।
थाकी रहेका पाइलाहरू चालून त कहाँ चालून
बिझाइ रहेका काँडाहरु फालुन त कति फालुन
यो बल्झिरहने घाऊहरु छैन केही उपचार
अन्त्याइ मेरो यात्रा यही सुनी देऊ मेरो पुकार।।
(२०१४ जनवरी – कोठे साहित्यिक भेट-घाट – भरत-अर्चना आशियाना )
No comments:
Post a Comment