~आबिष्कार भारती~
नेपाली साहित्य एवं संस्कृतिको जगेर्नाको लागि महाकवी लक्ष्मी प्रसाद
देवकोटाको १०४औं जन्म जयन्तिको अवसर पारेर अमेरिकाको विस्कन्सिन राज्यको
म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री संघ(नाफा)ले सदा झैं यस बर्ष पनि
'नाफा - साहित्य साँझ २०७०', मार्ग १ २०७० तद्-अनुसार नोवेम्बर १६ २०१३,
शनिवारका दिन
आयोजना गर्यो । सिमसिम पानी परीरहेता पनि लगभग ९० जना श्रोता-दर्शकका बिच, मिड्भेल ब्याप्टिस्ट चर्चको हल भित्र भएको यस कार्यक्रमको सुरुवात अग्रज साहित्यकारहरुको तस्बिर समुन्ने पानसमा बत्ती बालेर गरिएको थियो ।
नाफाका बर्तमान अध्यक्ष पूर्ण श्रेष्ठको सभापतित्व र कबिवर गोबिन्द गिरी 'प्रेरणा'को प्रमुख आतिथ्यमा कार्यक्रम अघि बढेको थियो । कार्यक्रम अन्तर्गतका प्रतियोगितात्मक कबिताहरु २ भागमा बांडिएको थियो,'नाफा - बाल साहित्य पुरस्कार' र 'बिजय मल्ल साहित्य पुरस्कार', जस्लाई आन्तरीक र बाह्य गरी ६ जना निर्णायकहरुले जाँच-परख गर्नुभएको थियो ।

सम्पूर्ण ज्ञात-अज्ञात साहित्यकार प्रती श्राद्धान्जली
एवं एक मिनेट मौन धारण गर्दै कार्यक्रमले पाईला अघी सरेको थियो ।
नाफाद्वारा सन्चालित नेपाली भाषा सिकाउने कार्यक्रम 'कक्षा'का सहभागी
भाइबहिनीहरुले नेपाली राष्ट्रिय गान र श्रब्यद्रिश्य मार्फत अमेरिकि
राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । नाफा - शिक्षा तथा संस्कृति समितीका
संयोजक दिनार श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । यस्को लगत्तै १६
बर्ष मुनिका बालबालिकालाई नेपाली भाषा र साहित्यमा जोड्ने प्रयास स्वरुप
'नाफा-बाल साहित्य पुरस्कार' अन्तर्गतका कबिताहरु वाचन गरिएको थियो ।
अर्चना धख्वाद्वरा संचालित कार्यक्रमको यस भागमा अर्हत द्वा, स्तुती शाही, श्रेया श्रेष्ठ, रिभा श्रेष्ठ, इशान लुईंटेल, इशिता लुईंटेल, निशा आचार्य, ओजस्वी पसछें, ओसिका पसछें, सुहानी पाण्डे, लता शर्मा र श्रीजन श्रेष्ठले कविता प्रस्तुत गर्नुभएको थियो । बालबालिकाको उत्साहजनक कविता वाचन पछी लच्छी लिम्बुले दुई रुवाइको वाचन र 'डाँफे झैं नाच्ने" नेपाली गीतमा नृत्य प्रस्तुत गरेर कार्यक्रममा मनोरन्जन दिएकी थिईन । नृत्य लगत्तै कार्यक्रम अन्तर्गतको दोश्रो पुरस्कार,'बिजय मल्ल साहित्य पुरस्कार'का प्रतियोगी कवी-कबयित्रीहरु सन्तोष लामिछाने, हिमाल रेग्मी, महेन्द्र पाठक, सन्जना शाही, अबिमन पसछें, रवी शाह, सोम खनाल, निरु ढुंगाना, पूर्ण श्रेष्ठ, कमला रेग्मी र बिश्वजित अधिकारीले कबिता वाचन गर्नुभएको थियो । निकै भावनात्मक कबिताहरुको कडी टुटाएर देशभक्तीले रङ्गाउन 'कक्षा'का बहिनीहरु निशा आचार्य, लता शर्मा, बेलिस्मा श्रेष्ठ, अनित्या द्वा र नेहा कारखेती 'हामी धेरै साना छौँ' लिएर आएका थिए । साहित्य र देशभक्तीको रस-रङ्गलाई अझै गाडीलो र स्वादिलो बनाउन अप्रतियोगी कवी मिलन सडौला, राजेन्द्र अर्याल एवं कवयित्री सिता अर्याल, अर्चना धख्वा प्रस्तुत हुनुभएको थियो । कविताको सिल्सिलालाई अल्पबिराम लगाउने क्रममा दिनर श्रेष्ठले स्व. श्रद्धेय गायक फत्तेमान राजभण्डारीको रमाईलो संस्मरण सुनाउनु भएको थियो । तत्पश्चात प्रमुख अतिथी कविवर गोबिन्द गिरी 'प्रेरणा'ले आफ्नो मन्तब्य र केही श्रीजनाहरुले सम्पूर्ण श्रोता-दर्शकको समय सजाउनु भएको थियो । प्रमुख अतिथीको हौसला र स्नेहवचनको लागि कृतज्ञता ब्यक्त गर्न नाफाले वहाँलाई 'सम्झनाको चिनो' प्रदान गरेको थियो ।

कार्यक्रममा 'नाफा-बाल साहित्य पुरस्कार' अन्तर्गत रिभा
श्रेष्ठ, निशा आचार्य र लता शर्मा क्रमश: पहिली, दोश्री र तेस्री हुनुभएको
थियो भने 'बिजय मल्ल साहित्य पुरस्कार' अन्तर्गत सन्जना शाही, सोम खनाल र
विश्वजित अधिकारी क्रमश: पहिली, दोश्रो र तेश्रो हुनुभएको थियो । सम्पूर्ण
प्रतियोगी कवि-कवयित्रीलाई सभापति पूर्ण श्रेष्ठ र प्रमुख अतिथी गोबिन्द
गिरी 'प्रेरणा' द्वयले पुरस्कार एवं प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
आबिष्कार भारतीबाट संयोजित र संचालित यस 'नाफा - साहित्य साँझ २०७०'
कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै सभापति पूर्ण
श्रेष्ठ ज्यूले कार्यक्रमलाई पूर्णबिराम लगाउनु भएको थियो । अन्त्यमा अर्को
बर्ष अझै धेरै उत्साह र कबिताका साथ भेट्ने आशाकासाथ सम्पूर्ण उपस्थित
कविताप्रेमी श्रोता-दर्शकलाई साहित्य साँझ कार्यक्रमको परम्परा अनुसार
सेल-रोटी सहितको नेपाली खाजा र चियाको लागि आमन्त्रण गर्नु भएको थियो ।
दिउँसो ३:०० बजे देखी ७:०० बजे सम्म सन्चालित सो साहित्यिक कार्यक्रम
भब्यताका साथ सुसम्पन्न भयो ।
No comments:
Post a Comment