Saturday, January 4, 2014

कविता : मेरो प्यारो शहर दार्जीलिंग

~सुषमा श्रेष्ठ~

सुन्दर,
 स्वच्छ,
 रमणिय दार्जीलिंग, मेरो गाउँ
तिर्थ गर्नु जानु छैन देश-विदेश टाढा
शिंचेल चार धाम हामीसितै छन् महांकाल डाँडा

टाइगर हिलको सूर्य दर्शन बतासेको रेल
यसै बिचमा खेल्छौं हामी जिन्दगीको खेल

हिउँ झैं शीतल मन छ मेरो हिमाल झैं छाती
यती सुन्दर देखिने मेरो शहर साथी ।।

(२०१४ जनवरी – कोठे साहित्यिक भेट-घाट – भरत-अर्चना आशियाना )

No comments:

Post a Comment