Saturday, January 4, 2014

कविता : अब आउने पन्ध्र बर्षमा

~पूर्ण श्रेष्ठ~

चाउरी बढ्दै गएका अनुहारहरु बोकेर
कम्जोर बन्दै गएका मांसपेशीका शरीर बोकेर
अवकास लिने दिनहरू गन्ती गर्दै बिताइ रहेको हुनेछु
अब आउने पन्ध्र बर्षमा ।।


कुशन राखेको बेतको कुर्सीमा बर्को ओढेर
पावरदर चस्माको सहारामा

अखबारका पन्ना पल्टाउँदै
समाचार पढीरहेको हुनेछु
कुनै घरको कौसीमा
अब आउने पन्ध्र बर्षमा ।।

कहिले रमाइला कुरा सम्झेर खुसी हुँदै
कहिले अवान्छित भोगाइ सम्झेर दुखी हुँदै
जीवनको गोरेटोलाई निरन्तरता दिइरहेको हुनेछु
अब आउने पन्ध्र बर्षमा ।।

प्रौड मस्तिष्क भित्र सँगालिएका
अनगिन्ती संस्मरणहरू याद गर्दै
मेरा अनुभवहरू सुनिदिने जिज्ञासुहरू
खोजिरहेको हुनेछु समानान्तरमा
अब आउने पन्ध्र बर्षमा ।।  

(२०१४ जनवरी – कोठे साहित्यिक भेट-घाट – भरत-अर्चना आशियाना )

No comments:

Post a Comment