पहाडको काखबाट शुरुभयो जिन्दगानी,
भीर, पाखा, खोल्सा, खोल्सी बग्दै गयो जिन्दगानी ।
कुईनेटोमा ठोकिएर, फाँटहरुमा पोखिएर,
खहरे र खोलो हुँदै बेंसि झर्यो जिन्दगानी ।।१।।
उकाली र ओरालीमा लडीबुडी खेल्दै, हाँस्दै,
सुख दुःख शनैः शनैः बढ्दै गयो जिन्दगानी ।
कैले माथि, कैले तल उचालिंदै पछारिंदै,
रोटेपि·को पिर्का जस्तै घुम्दै गयो जिन्दगानी ।।२।।
यो अस्तब्यस्त शहर काठमाण्डौं
आज भएको छ धुलो र धुवाँको केन्द्रबिन्दु ।
पुरिंदै गएको छ हाम्रो संस्कृति फोहोरको थुप्रोमा
रोईरहिछिन वाग्मती आज पुरिएर गन्दगीमा ।
बत्ती विना अन्धकार मात्र हैन भएको
पानी विना सुख्खा बनेको छ यो राजधानी ।
तैपनी भिडभाड र चापाचाप उस्तै छ यहाँ
लगाएको छ यो शहरले सबैलाई मोहनी ।
बुद्ध र म
एकै दिन एकै ठाँउमा जन्मियौं
अनित्य जानेर बुद्ध नित्यमा लागे
दु:ख चिनेर सिद्दार्थ बुद्ध भए
म अनित्यमा नित्य खोजी रहें
दु:ख मानेर म बुद्धु भएँ ।।
जिन्दगीको परिभाषा खोज्न मैले पटक पटक गुगल गरें
साथी भाइ अनि संगिनी सँग धेरै मन मुटाव गरें
कसैबाट सन्तोषजनक अर्थ पाउन नै सकिन
अनि
म आफैले आफूलाई फेरी प्रश्न गरें
कहिले एकान्तमा त कहिले मनिसहरुको भीडमा
अन्त्यमा
We will be updating this blog space with the creative creations of different NAFA members. Please email us your creation at nafa.sahitya@gmail.com if you are a current NAFA member or Ex-NAFA member.