न यता को भएँ , न उता को भएँ
आफैलाई थाहाछैन म कता कता को भएँ
जसजसले मेरो भने त्यता त्यता को भएँ
तर पनि एक्लो खै कता कता को भएँ ..
न यता को भएँ , न उता को भएँ
डुबुल्की मर्छु भन्दा प्रेममा तैरिएर लछार पछार भएँ
न यता को भएँ , न उता को भएँ
आफैलाई थाहाछैन म कता कता को भएँ
आफ्नै गाउँमा परदेशी कहलाउने भएँ
न यता को भएँ , न उता को भएँ
आफैलाई थाहाछैन म कता कता को भएँ
पटकथा ले निचरियेको फुक्को कथा भएँ
न यता को भएँ , न उता को भएँ
आफैलाई थाहाछैन म कता कता को भएँ
नाम रहन चाहेको म विशेषण जोडेर बद्नाम भएँ
न यता को भएँ , न उता को भएँ
आफैलाई थाहाछैन म कता कता को भएँ
निराकार हुन रोज्ने म निर्घात पिटाई पछिको आकार भएँ
न यता को भएँ , न उता को भएँ
आफैलाई थाहाछैन म कता कता को भएँ
निर्वाद बहने मन आज लज्जाको बाँधले रोक्ने भएँ
न यता को भएँ , न उता को भएँ
आफैलाई थाहाछैन म कता कता को भएँ
जसजसले मेरो भने त्यता त्यता को भएँ
(२०१औं भानु जयन्ती, जुलाई १२ २०१४ - आविष्कार-अप्सरा भारतीको डेरामा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम')
No comments:
Post a Comment