ल्याई दिन्छु पूर्णिमाको, चन्द्रमा चुण्डाइ
तिम्रो पाउ जोगाउन्छु, धरतीमा फूल बिछ्याई
यो कसम पूरा भयो भएन,
मेरो पाउले जमीन छोयो छोएन
यो अब उसको, देन भन्दा छ टाढा
मेरो मनमा गढेको, भावना छ गाढा
यो पृथ्वीको ढुङ्गा, काँडा हिलो मैलो
फूलेछ मेरो दृष्य मा, गुलाफ भएर
आकाश अँध्यारो लाग्छ मलाई
बसेछ जून, म भित्रै ज्योति छरेर
साँचो हो या झूठो म किन खोजुं
मेरो सोचलाई प्रश्न म किन सोधुँ
सुख को भूमरीमा मेरो बसाइ छ आज
किन भ्रम त होइन यो, भनिकन सोचूं
मेरो लागि उसको त्यो भावना प्रबल भो
यथार्थ यहि नै हो, मेरो प्रेम अमर भो
(२०१औं भानु जयन्ती, जुलाई १२ २०१४ - आविष्कार-अप्सरा भारतीको डेरामा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम')
No comments:
Post a Comment