Saturday, November 17, 2018

कविता : शुभ-कामना

~पूर्ण श्रेष्ठ~

हावाले बादल पन्छाई सुर्य उदाउँदा
जसरी बिहान खुलेको हुन्छ
समाज उत्थानको सोंच राखेर
बगैँचामा फूल रोप्नेहरुको
मनमै सुन्दर फूलहरु झुलेको हुन्छ ।

भुईं र भित्ता मात्र होइन घर
न त दलान र छाना सहित नै हो
घर त त्यो हो
जहाँ हुन्छ समर्पण परिवारको
आकर्षण आफ्ना र आफन्तहरुको ।

ब्यक्ति ब्यक्ति मिलेर बनेको यो परिवार
परिवारको समाजोडले बनेको यो समाज
साहित्य, चाडपर्व मनाउँदै खुशि हुने
सक्रिय, समर्पित साथीभाइ
हाम्रो यो परिवार, नाफा परिवार।

गुञ्जँदै जाओस्, प्रशिद्धि यसको
साना तथा ठूला शहरहरुमा
सबै महादेशका जन-जनमा
आस्थाको केन्द्र बनि रहोस्
मेरो हार्दिक शुभ-कामना
हार्दिका शुभ-कामना ।  

(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment