Saturday, November 17, 2018

कविता : मलाई नबनाऊ बिध्वङ्सकारी

~एकबहादुर क्षत्री~


म चामल किन्न गाडी किन्न नभए पनि हुने
म जहाज टिकट किन्न  होटेल बुक गर्न नभए पनि हुने
दुबै दिनमा अमेरिका उडी पुग्ने  भिसा,  टिकट किन्नमा नभए पनि हुने
 चार छ महिनामा उडी,लडी,गुडी आउने भिसा, टिकट किन्नमा नभई नहुने

ग्यास नून सुन किन्न नभए पनि हुने
रक्सि बियेर किन्न नभए पनि हुने
हजुरको काम भोलि हुन्छ भन्न नभई नहुने,
आजै हाजिर भए आजै हुन्छ भन्न नभई नहुने


भगवान को पुजा गरन नभए पनि हुने
तिर्थ गरन नभए पनि हुने
अपराध  गरेकाले धर्मको रवाफ गर्न नभई नहुने
शाही  होईन इसाई बनाउन  नभई नहुने

म एक्लै  थिएँ अपरिहार्य थिएँ
म पुजिनिय थिएँ
म अपराधी, बेश्या, जुवाडे, कर छल्ने, घुसिया, नियम छल्ने, आतंक प्रयोजनमा मात्र विकल्प छु
म किन ट्रंप,  मोदी, ओलीको झोलीमा छु

मेरै कारणले क्याशयिएर  गोलिका तारो र कैदी भएका छन् 
मेरैको रक्षाकोलागि टोल टोलमा बन्दुक देख्न पाउने  भएका छन्
मेरैको लागि  मूल टोलमा घर घर टोयालेट भएका छन्
 मेरैको कारणले दुर्गम गाउँ गाउँमा र घर बसी बसी  बैंक सेवाको  अभाब  भएका छन्
 मेरैको कारणले वृद् आमा बुबा वृद् भत्ता लिन चार कोष पर अफिसमा लाम लाग्ने भएका छन्

हे ट्रंप किन मलाई बचाएर  ड्रग र अप्र्बाशको त्राश  देखाएर वाल  फैलाउदै छौ ? 
हे मोदी किन  मलाई सट्टा  पट्टा गरि  भ्र्स्राचार हटाउने नौटङ्की गर्दैछौ ?
हे वोलीको बोलि किन मलाई साधन बनाई माफियासंग  साठं  गाठं गर्दैछौ ?

म नै हो अपराधी, घुषकारी अपर्हर्णकारी, तस्करी, बिनाशकारी, बिध्वङ्सकारी
कसले दियो जन्म,  कसले पालन पोसन गर्दैछ बिध्वङ्सकारी
OH!  ल!  पावेल, पटेल, नेपाल  तिमीहरु रहिछौ बिध्वङ्सकारी
तिमीहरुनै  सडाउ, गलाऊ,  नजन्माऊ अति  अनि मलाई नबनाऊ  बिध्वङ्सकारी
   
Madison WI July 29, 2018

 Notes:
Urjit पटेल, : Governor of RBI
Jerome H. Powell, Chairman Federal Reserve
Dr  चिरिन्जीबी नेपाल : Governor of RBI
Steven Mnuchin Signs ए & Jerome H. Powell  Issues  

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । ) 

(यही कविता कविले नोवेम्बर १७, २०१ मा आयोजित 'नाफा-साहित्य साँझ २०७५' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा पनि प्रतियोगी कविताको रुपमा प्रस्तुत गर्नुभएको थियो।)   

No comments:

Post a Comment