Monday, November 19, 2018

समाचार : चिसो दिनमा न्यानो साहित्य जमघट

नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा) साहित्य साँझ २०७५ भव्यरुपमा सम्पन्न 

-आविष्कार भारती-

संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यको हिउँको दोलैं ओढेकी म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा)को आयोजनामा १०९औं लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् कविता प्रतियोगिता कार्यक्रम "नाफा साहित्य साँझ २०७५" नोवेन्बेर १७, २०१८ का दिन न्याना आत्मिय मनहरुको बिचमा भव्यरुपमा सम्पन्न भएको छ ।

तस्विर : विपासन तुलाधर

वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत,
कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंको बिशिष्ट आतिथ्यमा  अगाडि बढेको थियो । दिनको दुई बजेबाट सुरु भई साँझ साँढे सातबजे समापन भएको सो साहित्य कार्यक्रममा सवासय जना भन्दा बढी नेपाली भाषालाई माया गर्ने दर्शक-श्रोताको उपस्थिती थियो । प्रतियोगी तथा अप्रतियोगी गरी जम्माजम्मी ३५ वटा कविता वाचन गरिएको यो कार्यक्रममा नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो । स्वर्गिय साहित्यकार बिजय मल्लका सुपुत्रीहरुबाट प्रायोजित 'बिजय मल्ल साहित्य पुरस्कार' कविता प्रतियोगिता अन्तर्गत एकबहादुर क्षत्री, मित्र पौडेल, अर्चना धाख्वा, बिन्दु तिमील्सिना, अर्जुनध्वज खड्का, नारायणदास मल्ल, अप्सरा गिरी भारती, कल्पना रिजाल, अविमन पसछें, प्रदीप केसी, रोशा पोखरेल, सुष्मा श्रेष्ठ, लेखनाथ काफ्ले, गङ्गा मल्ल श्रेष्ठ, विश्वजीत अधिकारीका १५ कविताहरु रहेको थियो । स्वर्गिय कृष्णदास मल्लको परिवारबाट प्रायोजित 'नाफा बाल साहित्य पुरस्कार' कविता प्रतियोगिता अन्तर्गत काव्या लामिछाने, सान्वी पाण्डे ,जुना रिजाल, आन्या पाण्डे, ओपल शर्मा, आशुतोष अधिकारी, खुशी श्रेष्ठ, आर्यमन पसछें , अनित्या द्वा, अरिना उप्रेती, बेलिस्मा श्रेष्ठ, युजेन थापा, सुहानी पाण्डे, ओजश्वी पसछें र ईसीता लुइँटेलका १५ कविताहरु वाचन गरेका थिए भने बाँकी अप्रतियोगी कविताहरु सम्मेलित थिए । 'नाफा बाल साहित्य पुरस्कार' १६ बर्षभन्दा साना बालबालिकाहरु बिच गराईने कविता प्रतियोगिता हो । आविष्कार भारतीको संयोजकत्वमा चलेको 'नाफा साहित्य साँझ २०७५' कार्यक्रममा 'नाफा बाल साहित्य पुरस्कार'लाई निकिता पाण्डेले समन्वय तथा अर्हत द्वाले सञ्चालन गर्नु भएको थियो भने 'बिजय मल्ल साहित्य पुरस्कार' स्वयम् आविष्कार भारतीले समान्वय-सञ्चालन गरेका थिए । 'नाफा बाल साहित्य पुरस्कार' तर्फ एरिना उप्रेती प्रथम, खुशी श्रेष्ठ दोश्री र जुना रिजाल तेस्री हुनुभएको थियो र नगद अमेरिकी डलर ७५, ५० र ३० पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । "बिजय मल्ल साहित्य पुरस्कार" तर्फ गंगा मल्ल श्रेष्ठ प्रथम, अप्सरा गिरी भारती दोश्री र विश्वजित अधिकारी तेश्रा हुँदै नगद १५०, १०० र ७५ अमेरिकी डलर क्रमश: पुरस्कार प्राप्त गर्नुभएको थियो । अप्रतियोगी कविता अन्तर्गत राजेन्द्र अर्याल, बैंकटेशदास शर्मा, पूर्ण श्रेष्ठ, युवराज तिमल्सिनालगायतले पनि कविता वाचन गर्नुभएको थियो । नाफाद्वारा सञ्चालित नेपाली भाषा सिकाउने थलो 'कक्षा'का गुरुजन र स-साना भाइ-बहिनीले आफ्न बुवा-आमाका लागि "तिम्रो लागि सारा संसार' गीत प्रस्तुतीबाट कार्यक्रममा माधुर्यता थपेका थिए ।

तस्विर : विपासन तुलाधर
यस कार्यक्रममा युवावर्गलाई प्रोत्साहन गर्न नेपाली अमेरिकन मैत्री सङ्घ र रिन्युएबल एनर्जी ग्रुप, म्याडिसनले रिभा श्रेष्ठ अनी निऋती अधिकारीलाई छात्रवृत्तिस्वरुप प्रती व्यक्ती ५०० डलर र प्रमाण-पत्र पनि प्रदान गरिएको थियो ।

तस्विर : विपासन तुलाधर
कार्यक्रमको अर्को आकर्षण डाएस्पोरिक युवा साहित्यकार सन्तोष लामिछानेको दोश्रो कृति र पहिलो उपन्यास 'अल्टिमेट आकाश' को बिमोचन रहेको थियो । बेलायतबाट कार्यक्रमका लागि आएका कार्यक्रमका विशिष्ट अथिति साहित्यकार कृष्ण बजगाईंले कृतिको समिक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा "अल्टिमेट आकाश"ले एउटा राम्रो फड्को मार्ने धारणा व्यक्त गर्नु भएको थियो । यस उपन्यासको कथानक निकै भिन्न र रोचक्ताले भर्पूर रहेको कुरामा प्रकाश परेका थिए । उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृतिका तितामिठा कुरा कोट्याउँदै, कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो मनसाय अगाडि पस्किनुभएको थियो ।

तस्विर : विपासन तुलाधर
कार्यक्रमका एउटा मुख्य आकर्षण, वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महतले दूरदेशमा उत्साहित नेपाली साहित्य, कलाप्रेमी समूह देखेर आफू परदेशको एउटा कुनोमा सानो नेपाल भेट्टाएको झै आभास भएको बताउनुभयो । देशबाट टाढा भएपनी देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृती उकास्न र नयाँ पीढ़ीलाई सिकाउन लागि परेको नेपाली जमात देखेकोले आफूलाई हर्ष लागेको बताउँदै आफ्ना केही चर्चित गीतमा सम्पूर्ण सहभागीहरुलाई छम्छमी नचाउनु भएको थियो ।

तस्विर : विपासन तुलाधर

नेपाली भाषा, साहित्य र संस्कृतीको सम्वर्धन गरेबापत दिने "सगरमाथा प्रज्ञा पुरस्कार- २०७५"बाट सम्मानित साहित्यकार दिनार 'रनादी'ले नाफाको साहित्य कार्यक्रमको ईतिहासमाथि प्रकाश पार्नुका साथै अबका दिनमा अझै परिष्कृतढङ्गले अगी बढ्ने प्रतिबद्धता गर्नु भएकोथियो । यसै कार्यक्रममा पर्वत रेग्मीलाई "नाफा विशिष्ट युवा स्वमसेवक पुरस्कार -२०७५" प्रदान गरिएको थियो।

तस्विर : गोवर्धन पूजा
कार्यक्रमका बिशिष्ट अतिथी साहित्यकार गोवर्धन पूजाले महाकवि देवकोटा र कथाकार विजय मल्लको साहित्यिक योगदान माथि चर्चा गर्दै प्रतिभा, ब्युत्पति र अभ्यासले सिर्जनात्मक लेखनमा महत्वपूर्ण भूमिका खेल्ने हुदाँ सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो रहने बताए । उहाँले नेपाली साहित्यको सानो भकारी, आविष्कार भारतीद्वारा सञ्चालित, "साहित्य सङ्ग्रह डट कम" नेपाली साहित्य सिक्नेहरुकालागी एउटा कोशे ढुङ्गो हुने कुरो पनि बताउनु भयो ।  उहाँले विमोचित उपन्यासका उपन्यासकार सन्तोष लामिछानेलाई बधाई दिंदै विदेशी व्यास्त कर्मभूमिमा पनि उपन्यास जस्तो बृहत आयतनको बिधामा कलम चलाउने लामिछानेको सबैले मुक्त कण्ठले प्रसंशा गर्नु पर्ने बताए |


कार्यक्रमले आफ्नो पूर्वउद्घोशानुसार "साहित्य, संस्कृति र नेपाली मनहरुको सङ्गम" गराएर अर्को साल भेट्ने बचाका साथ बिट मारेको थियो ।


[ स्रोत : आविष्कार भारती, म्याडिसन , अमेरिका ]

NEWS IN OTHER ONLINE NEWS PORTALS : 

1. https://www.enepalese.com/2018/11/204711.html 
2. https://www.brtnepal.com/2018/11/19/69181.html
3. http://www.dcnepal.com/nafa
4. https://www.facebook.com/shabdapath.penloversinnepal/photos/a.401716036644030/1149102695238690/?type=3&theater



No comments:

Post a Comment