ऊ जन्मिन्छ खरको छानोमुनी
त्यो डाँडाको थुम्कोमा उसको सानो घर छ
उसको जन्म केवल जनको लागि मात्र होईन
कयौं सपनाहरु उसँगै हुर्किन्छन् ।
उसको बुवाको हातमा कहिले ठेला छुटेन
उसको आमको पेट एक छकले नै भरिन्थ्यो
त्यसैले ऊ जन्मको लागि मात्र जन्मेन ।
ऊ हुर्किन्छ त्यही खरको छानो मुनी
ऊ देख्छ उसको बुवाको मैलो टोपी
उसको आमाको कहिले नफाट्ने फरिया
उसको आमको हाँसोमा कयौं आँसु लुकेको छ
तर हाँसेरै बिर्सिदिन्छन् उनी
रातमा बिस्तारामा पल्टिन्छन् उनी
अनी सोंच्चिन् उनी
ऊ हुर्केला, ठूलो होला
हाम्रो छानो नि फेरिएला
मानो नि फेरिएला
यो गरीबिको बादल नि फाटेर जाला
त्यसैले ऊ जन्मेको लागि मात्र जन्मेन ।
कयौं वर्ष बिते, दिन बिते
अब ऊ जवन छ
ऊ आज राजाधानी छिर्दैछ
रहादानी भिर्दैछ
त्यही राहदानी भिरेर
ऊ कयौं युवा जस्तै पलायन हुँदैछ
खाडीको तातो मरुभूमिमा
ऊ भविष्यको ज्वारभाटा खोज्दैछ ।
उसको मनमा, आफ्नो बुवाआमाको
नअटाएको सपना छ ।
त्यसैले ऊ जन्मेको लागि मात्र जन्मेन ।
त्यसैले ऊ जन्मेको लागि मात्र जन्मेन ।
(नोवेम्बर १७, २०१८ मा आयोजित 'नाफा-साहित्य साँझ २०७५'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment