Monday, January 1, 2018

​म्याडिसनमा १८औं कोठे साहित्य गोष्ठी सम्पन्न

~आविष्कार भारती

मध्य-पश्चिम अमेरिकाको सानो शहर म्याडिसन, विस्कन्सिनमा नेपाली भाषाको सानो यत्न, एउटा चौमासिक साहित्यिक भेट्घाट हुने गर्छ र यसलाई नाम दिईएको छ - म्याडिसन कोठे साहित्यिक गोष्ठी । शिशिर ऋतुको आँत जमाउने चिसो छिचोल्दै, २०१७ सालको अमिला तिता पल पछाडि छोडेर सुकिला मलीला पल सङ्गाल्ने आशा, उमङ्गका साथ २०१८ जनवरी १ तारिकका दिन म्याडिसनमा १८औं कोठे साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।

दिनार श्रेष्ठ एवम् धन मल्ल श्रेष्ठको आयोजनामा उहाँहरुको

कविता : बहुलाही

~आविष्कार भारती~

ऊ मुसुक्क मुस्काइ
उठी
अनी फेरी जोरले चिच्याई
सरापी
तथानाम गाली गरी
फेरी चटक्क बसी
यस्सो नेत्र कोणबाट उसैलाई हेरी
मुस्काइ अलिकती

गजल : भन्दिनुहोला मान्छेलाई

~गोविन्द गिरी प्रेरणा~

भैगो आमा पस्किनु पर्दैन भात भन्दिनुहोला मान्छेलाई
कसले उठाउने सास नफेरी वाकसमा वसेको मान्छेलाई

नक्कली तालिमको सक्कली प्रमाण र राहदानी वोकेथ्यो
सोधिहेरन कस्तो छ उसको भाग्य जोखाना हेर्ने मान्छेलाई

कविता : यसरी मनाईदेऊँ प्रिये मेरो नयाँवर्ष

~गोबिन्द सिंह रावत~


जनवरी फरवरी मार्चभरी
बसन्तको सुगन्धले
मनलाई सुगन्धित बनाई देऊँ
अप्रिल मई जुनभरी
प्रेमको बतासले

कविता : नयाँ वर्ष

~अविमन पसछें~


कमजोर धरातलमा
भासियो  पुरानो वर्ष
कसिलो काँध
 दिन आए जस्तो छ नया वर्ष
फड्को मारी
 प्रवेश गर्छ की यो नया युगमा

कविता : हाम्रो पारा

~बिनोद पाण्डे~

गोरे आए काले आए
चुच्चे थेप्छे डल्ले आए
कती गए कती आए
हाम्रा सबै नमुना आए

लुकी छिपी कती आए
डि.भि पर्ने सजिलै  आए
पढ्ने एउता बहानामा आए
विद्यार्थीका ताँती आए

कविता : नाती भनिदेउ


~लेखनाथ काफ्ले~

नाती तिम्रो आमा र मामाहरुलाई भनिदेउ
म शून्य झैं भएकी छैन
बदलमाथि कहिल्यै नभेटिने
ठाउँमा नि म गएकी छैन
म त हावासँगै बहेर
उनिहरुलाई ममतामयी स्पर्ष दिईरहेको छु
शरीर नष्ट भएर के भयो र ?
आत्मासँगै म जीइरहेको छु ।

कविता : मेरो प्यारो सेलफोन

~धन मल्ल श्रेष्ठ~

मेरो प्यारो हेट फोन
तिमी कती प्यारी छौ
बिहान सँझ साथमा
दिनभरी हातमा
राती सँधै सिरानीमा
सञ्चो हुँदा वा बिरामीमा
तिमी कती प्यारी छौ ।

अचम्मै लाग्छ
तिमी के होईनौ ?

छन्द कविता : आदिकवि प्रती


~मित्र पौडेल~

छन्द : मालिनी

कवीकूल गुरु हाम्रा काव्य स्रवटा महान
सुमधुर कवितामा रमको गीत गान
अमर हुन पुग्यौ हुँँ काव्य मिठो रचेर
जनमन बीच उदयऔ भानु तारा बनेर ।।

कलकल कविताको बगायौ भावगङ्गा
जनमन सब जोड्ने एकतासूत्र चङ्गा
भुवनभर बहायौ काव्यधारा सुनौलो
मृदुसम रस तिम्रा कीर्ति ल्यएर नौलो ।।

कविता : स्वागत छ

~नारायणदास मल्ल~


स्वागत छ तिमीलाई नयाँ वर्ष बनी आयौ
धर्तिमा फेरी आज नयाँ किरणले छायौ
कसरी म स्वागत गरौं खै के चढाउँ तिमीलाई
सारा जिव अगाडि बढाउ आषिस देउ सबलाई ।

आशा लिई बसिरहेछन् नयाँ वर्ष केही होला
इच्छा सबक पुरा गरी देउ हे परमात्मा भोला

कविता : दिदी बहिनीको हालत


~गंगा मल्ल श्रेष्ठ~

कती राम्री नानी तिमी कता जान लाग्यौ
निधारमा रातो टिका लगाएर हिंड्यौ
दलालिको कुरा सुनी निर्धक्क भै खाडी मुलुक लाग्यौ
न्याय निसाफ छैन भन्छन् खाडी मुलुकमा
पशुतुल्य हुन पर्छ भन्छन् समाचारमा

Saturday, November 18, 2017

कविता : यक्ष प्रश्न


~गंगा मल्ल श्रेष्ठ~

कमल फुल्छ हिलो मै , तर कसले हिलोको गुण गाउँछ ?
चेला चिनी बनाउने गुरु नै हो, तर गुरुको यहाँ के भाउ छ ?
साहु पोस्ने ग्राहकै हो, तर ग्राहकको यहाँ के मान छ ?
नेता चुन्ने जाननै हो, तर जनताको यहाँ के सम्मान छ ?

पालन पोषण गर्छन सदा सन्तानको उचित ?
तर ति बृद्ध मातापिता कहाँ छन् र पुजित ?

कविता : म उत्तर फर्कन्न


~लेखनाथ काफ्ले~

म पुर्व फर्कन्छु 
पश्चिम फर्कन्छु 
हात पसारेर म दक्षिण फर्कन्छु 
बङ्गालको खाडी देखेपनी नदेखेझै गर्छु 
बरु मरे मर्छु ,उत्तर फर्कन्न 

सियो माग्छु 
फाली माग्छु 
तालपरे म थाली माग्छु 
लाज सरम सबै पचाएर 
कोशी थुन्ने तारका जाली माग्छु 

कविता : घरिघरि आउँछे

~महेन्द्र पाठक~

उ आउँछे, घरिघरि आउँछे
कहिले सपना बनेर आउँछे
कहिले बिपना बोकेर आउँछे
कहिले आशा बाँड्दै आउँछे
कहिले सहारा बनेर आउँछे
किन आउँछे बताउँदिन मलाई
तर ऊ हरदिन म कहाँ आउँछे .

हो, ऊ मलाई भेट्न आउँछे या भेटिन आउँछे
खुसि भए खुसि बाँड्न आउँछे
पाई भने मेरो दु:ख लिन आउँछे

कविता : म के गरूँ

~डा. रमेश खनाल~

 
सुर्योदयको रंगिन लालीमासंगै
धरतिभरि फैलिएको सौन्दर्य 
सबैको हृदयमा छरिदिने मेरो उत्कट चाहना
मन भरि साँचेर
तीनै आँखाले देख्ने सम्पूर्ण चराचर जगत उपर
पोत्ने मेरो अभिलाषा
र कल्पनातीत यस ब्रह्माण्डका 
कणकणमा फैलाउने मेरो रोमान्चक प्रवृत्ति
सधै अपुरो, अधुरो रहन्छ,
म के गरूँ, म के गरूँ ।

कविता : गजब छ दुनियाँ

~सुष्मा श्रेष्ठ~

 गजब छ दुनियाँ, दुनियाँ गजब छ
होम रुद्री लगाउँदै पूजा गर्छौं
नाश होस् अरुको भनि आशिर्वाद माग्छौं
परेवालाई बलि चडाइ
सुख शान्तिको कामना गर्छौं 
बिष रोपेर अमृत टिप्ने
अहो !कति मिठो सपना देख्छौं .

चन्द्रमा पुग्ने मान्छेको अकल छ
तर खै किन हो बुझ्ने सकिन्न

कविता : गरीबी

~गोविन्द धिमाल~

आँध्यारो सँगुरो छ भविश्य
खोइ के हुने हो जीवनमा अझै छ रहस्य,

थोत्रा प्लस्टिक र पोस्टेर कन्टेनरको समक्ष्य
देख्दैछु आफ्नो भाग्य नै प्रत्यक्ष ,

कविता : दुई आकृति

~अर्चना धाख्वा~

बिहानीको मिर्मिरेमा उठ्ने रहर
नहुँदा नि उठ्न पुग्छु पहिलो प्रहर

कुन उत्साह, त्यो ब्युझाउँछ हरेक उषामा
कुन उमङ्ग, त्यो पलाउँछ प्रत्यक टुसामा

कविता : जीवन

~एल के गुरुङ~

यो जीवन घाम छायाँ जस्तै
क्षितिजमा उदाउने बिहानीको सुर्य जस्तै
यो जीवन घाम छायाँ जस्तै
एक दिन त जीवनबाट अस्ताउने .

हिजो बाबा आमासँग कति पर्थ्यों दङ्ग
आज टाढा टाढा भै गयौं यो मुटु सँग
हाँसथ्यौं खेलथ्यौं अँगालोमा के को थियो डर
आज होकी भोलि होकी छैन यो जिवनको भर

कविता : तिम्रो छोराछोरी

~पूर्ण श्रेष्ठ~

तिम्रा छोराछोरी, तिम्रा हैनन्
तिमी मार्फत आएका जिन्दगी हुन्
जिन्दगी तिनले तिमी मार्फत पाए
ति जिन्दगीका मालिक तिनी आफै हुन् .

तिमी छोराछोरीलाई जे बिचार देऊ
ति बिचार तिनलाई साँघुरो लाग्छ
सम्भव: तिमीलाई सुनेकै हुन्न, किनकि