Monday, January 1, 2018

कविता : मेरो प्यारो सेलफोन

~धन मल्ल श्रेष्ठ~

मेरो प्यारो हेट फोन
तिमी कती प्यारी छौ
बिहान सँझ साथमा
दिनभरी हातमा
राती सँधै सिरानीमा
सञ्चो हुँदा वा बिरामीमा
तिमी कती प्यारी छौ ।

अचम्मै लाग्छ
तिमी के होईनौ ?किन्दा त हेट फोन भनेर किनेको
तर तिमी त के के हौ के के
क्यामरा पनि तिमी नै
भिडियो क्यामर पनि तिमी नै
संसार कै खबर भन्ने
रेडियो पनि तिमी नै
बाटो देखौने जिपिएस
चिठ्ठी पुर्याउने हुलकी
हिसाब गर्ने क्याल्कुलेटर
आँध्यारोमा उज्यालो दिने
टर्छ लाइट तिमी नै ।
गेट सिनेमा तिमी नै
मेरो अनुहार किताब तिमी नै
किताब कलम तिमी नै
घडी मौसम तिमी नै
अन्तर्राष्ट्रिय पसल तिमी नै
के के हो तिमी भन्दा
के के होईनौ तिमी
अचम्म लाग्छ मलाई
भात पानी नखाई
बाँच्न सकुँला धेरै दिन ।
तर सेल फोन नभई
बाँच्न सक्दिन एकै चाइना ।

मेरो प्यारो सेल फोन
बिहान साँझ साथमा
दिनभरी हातमा
सञ्चो हुँदा वा बिरामी
रात भरी तिमी सिरानीमा
मेरो प्यारो सेल फोन । 

(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment