यो जीवन घाम छायाँ जस्तै
क्षितिजमा उदाउने बिहानीको सुर्य जस्तै
यो जीवन घाम छायाँ जस्तै
एक दिन त जीवनबाट अस्ताउने .
हिजो बाबा आमासँग कति पर्थ्यों दङ्ग
आज टाढा टाढा भै गयौं यो मुटु सँग
हाँसथ्यौं खेलथ्यौं अँगालोमा के को थियो डर
आज होकी भोलि होकी छैन यो जिवनको भर
यो जीवन घाम छायाँ जस्तै
कहिले हँसाउने कहिले रुवाउने
यो जीवन घाम छायाँ जस्तै
एक दिन त जीवनबाट अस्ताउने .
यात्रा यो जीवनको धेरै लामो रहेछ
मिलन बिछोड यहाँ एउटा रङ्गमंच भएछ
कसरि बिर्सौं अतितका यादहरु
सयपत्री फूलको माला झैं सङ्गालि राख जीवनको साथहरु
यो जीवन घाम छायाँ जस्तै
सलल बगिजाने नदि जस्तै
यो जीवन घाम छायाँ जस्तै
एक दिन त जीवनबाट अस्ताउने .
कस्तो जीवन जिउन पर्ने मानव भए पछि
एक दिन त जाने पर्ने जना लिए पछि
सुन्दर छ संसार यो आँखा भित्र औ बसौं सबै मिली हाँसीहाँसी
मर्नु नै छ एकदिन जिवनमा जाउँ सबै नाची नाची
यो जीवन घाम छायाँ जस्तै
हुरीबतासले उडाइ लाग्ने पत्ता जस्तै
यो जीवन घाम छायाँ जस्तै
एक दिन त जीवनबाट अस्ताउने .
-लक्ष्मी कुमार गुरुङ
(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको
'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment