~पूर्ण श्रेष्ठ~
तिम्रा छोराछोरी, तिम्रा हैनन्
तिमी मार्फत आएका जिन्दगी हुन्
जिन्दगी तिनले तिमी मार्फत पाए
ति जिन्दगीका मालिक तिनी आफै हुन् .
तिमी छोराछोरीलाई जे बिचार देऊ
ति बिचार तिनलाई साँघुरो लाग्छ
सम्भव: तिमीलाई सुनेकै हुन्न, किनकि
आफ्नै बिचार तिनलाई फराकिलो लाग्छ
तिमी छोराछोरीलाइ बस्ने घर दिन सक्छौ
तर तिनले त्यो घर त्याग्न सक्छन .
तिमी तिनलाई बोलाउने नाम दिन सक्छौ
तर तिनले, त्यो नाम पनि फेर्न सक्छन .
यो पुस्तानी द्वन्द्व, कुनै नौलो होईन
कहिले यो थिएन र कहाँ यो छैन .
जबसम्म धरतीमा चन्द्र सूर्य रहन्छ
तबसम्म यो सोंच रहिरहन्छ, निरन्तर रहन्छ .
(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment