Saturday, November 18, 2017

कविता : गरीबी

~गोविन्द धिमाल~

आँध्यारो सँगुरो छ भविश्य
खोइ के हुने हो जीवनमा अझै छ रहस्य,

थोत्रा प्लस्टिक र पोस्टेर कन्टेनरको समक्ष्य
देख्दैछु आफ्नो भाग्य नै प्रत्यक्ष ,


रात बित्यो सडकको पाटिमा
दिन बित्यो कवडीको दोकानमा,

जीवन बित्ने भयो यही पारामा
कहिले लाग्न पाईने शुभकाममा,

मनमा केही इच्छा र सपना
साकार भएनन् ति बिपनामा,

गोष्ठी त हुन्छन् ति तारे होटेलमा 
तर मेरो जीवन सधैं यही हालतमा,

खोइ त बाल हित, खोइ त बाल अधिकार
फलाक्छन् सबै थोत्रा भाषण र प्रचार

कैले हुन्छ अन्त्य यो अपमान (अन्याय र तिरस्कार)x2

(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment