Monday, January 1, 2018

कविता : दिदी बहिनीको हालत


~गंगा मल्ल श्रेष्ठ~

कती राम्री नानी तिमी कता जान लाग्यौ
निधारमा रातो टिका लगाएर हिंड्यौ
दलालिको कुरा सुनी निर्धक्क भै खाडी मुलुक लाग्यौ
न्याय निसाफ छैन भन्छन् खाडी मुलुकमा
पशुतुल्य हुन पर्छ भन्छन् समाचारमा
समाचार सुने पनि के गर्नु र उनले
गरी खाने ठाउँ छैन नेपालमा अहिले
दु:खै गरी कमाउँला धन भनी उनले
बाटो लागिन् परिवारलाइ बाईबाई गर्दै उनले
नेपालमा नेताहरु फटाहा भए सबै
दलालीलाई पाली-पाली ठालू बने सबै
दिदी बहिनी खाडी पठाई मार्न लागे सबै
कठै बारी मार्न लागे सबै ।
 
(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment