Monday, January 1, 2018

कविता : हाम्रो पारा

~बिनोद पाण्डे~

गोरे आए काले आए
चुच्चे थेप्छे डल्ले आए
कती गए कती आए
हाम्रा सबै नमुना आए

लुकी छिपी कती आए
डि.भि पर्ने सजिलै  आए
पढ्ने एउता बहानामा आए
विद्यार्थीका ताँती आए

छोरा छोरी भेट्न आए
बुढा बाबु आमा आए
नाती नातिनी खेलाउनलाई
मन्मा कौतुहल बोकेर आए

तल आए गर्मी खाए
माथि आए चिसो खाए
रमाउने नि खुबै रमाए
दुखी हुने दु:खै पाए

स्वर्गै  एस्लाई भन्ने आए
नर्कै सम्म भन्न भ्याए
थरी थरिका नमुना आए
कोही रमाये कोही हराए

चुम्बक हुन्छ यहाँ भन्थे
दल्दल हो हो पनि भन्थे
सुरु सुरु दुई चार दिन त
डलर्लाई रुपैयाँमा गन्थे

२४ घण्टा काम्को टनटा
बिजी हुन्थे हान्न घण्टा
फेरी पनि मौका मिलाई
भेटघाट गर्थे दुई चार घण्टा

म:म: पाक्छ बेलाबेला
टिम्मूर हाल्यो अचारमा
काङ्रेस्स देखी माओ सम्म
भिन्न भिन्न विचारमा

उही पारा यहाँ पनी
राजनीतिकै कुरा सधैं
कन्कन गर्ने बजै जस्तै
गुनासोको पोका सधैं

दुई चार बोटल बियर तान्यो
हुने नहुने गफ हान्यो
बेला बेला रमाईलो
जस्ले गर्‍यो तेल्ले जान्यो

विन्टर भर चार पाँच मैना
बन्दी हुने कोठा भित्र
समर आउँदा दुई चार मैना
भेटघाट  हुने ईष्ट मित्र

पिक्निक भन्यो बार्बिकिउ नि
भोलिबल्ल  र फूटबल अनी
जम्मा हुन्छन यहाँ पनि
वीकेन्द म एसो खेलम भनी

उधारो मा घर किन्यो
गाडी, फोन ग्यजेट किन्यो
एसो गर्‍यो उसो गर्‍यो
चक्रबिहुमा मान्छे पर्‍यो

कन्फुजन्मा लाला बाला
घरमा हेर्दा एउटा चाला
घरि ईंग्लिश नेपाली बोल
बाहिर सब अर्कै चाला

दिन बिते रात बिते
बिते मैना बर्ष पनि
फिर्ने फिर्ने फिर्ने भन्दै
बिती हाल्छ  जुनी पनि

मिस् हुने धेरै कुरा
रमाईला साथी सिल्ली कुरा
दोबाटोको चिया पसल
रहे धेरै सपना अपुरा

पारीलो घाम मिठो बदाम
सजिलै बित्ने पुरै दिन
कती सम्झिनु एस्ता कुरा
उतै पुगिन्छ एकै छीन्

दसैं तिहार क्रिस्मस निउएर
मनाउदैमा चाडपर्व
भेटघाट हुन्छ बेला बेला
आफ्नै पनमा लग्ने गर्व

यही एउटा बहानामा
हामीपनी आज यहाँ
हल्का रमाइलो गरम हैत
हप्पी न्यू एअर सबलाई हैत .

(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment