Monday, January 1, 2018

कविता : स्वागत छ

~नारायणदास मल्ल~


स्वागत छ तिमीलाई नयाँ वर्ष बनी आयौ
धर्तिमा फेरी आज नयाँ किरणले छायौ
कसरी म स्वागत गरौं खै के चढाउँ तिमीलाई
सारा जिव अगाडि बढाउ आषिस देउ सबलाई ।

आशा लिई बसिरहेछन् नयाँ वर्ष केही होला
इच्छा सबक पुरा गरी देउ हे परमात्मा भोला पृथ्वीमा अमृत छ र पालुवामा रङ्ग भर
सारा प्राणिहरु सबलाई दाँया गरी रक्षा गर ।।

नबनाउ दु:खी कोही सदा सुखी रहुन् सब
जहिले सम्म यो पृथ्वी रहन्छन् प्राणी जब
जोश जाँगर उमङ्ग देउ प्रगतीपथमा लम्की रहुन्
आफ्ना-आफ्ना कर्म गर्दै सबजन रमी रहुन् ।।

देउ सद्बुद्धी सबमा अगाडि सब लम्की रहोस्
हाँसी खुशी कर्म गर्दै सब चम्की रहोस्
कोही नहोस् भोको नाङ्गो सब होस् मनका धनी
हाँसी रहुन बाँची रहुन सब उमङ्गमा रमी ।। 

(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment