Saturday, March 24, 2018

कविता : मायामा तिम्रै भैसकें


~आशिष जुवा~

Early in the morning with the rise of the sun
Early in the morning with the rise of the sun
चञ्चल हुन्छ यो मेरो मन ।

Think about you baby throughout the day

कविता : फेसबुक

~बिनोद पाण्डे~

टिङ घन्टि  बजेको थ्यो फेस्बुक मा मेसेज आयो
उन्कै फ्रेन्ड रिक्वेस्ट रैछ  झन्डै मेरो सातो गयो
बिर्सिएछु सबै कुरा आधा घण्टा प्रोफिल हेरें 
फ्लश्ब्याक मा कहाँ पुगेछु निकै  लामै सास फेरें

धेरै पैले कुनै बेला म पनि त तन्नेरी थिएँ 
बाहिर सोझो देखिए पनि कती कुरा मन भरी थिए
सबै कुरा नभनेनि छोटकरीमा सुनौ हैत
च्वास्स कुरो बिझ्न सक्छ मन्मै "म म" भनौ हैत

कविता : आँधी


~लेखनाथ काफ्ले~

 आँधी चलिरहयो
म पनि त्यही आँधीसँगै लम्किएँ 
आँधीलाई रोक्ने बाधकहरुलाई तर्साएँ
आँधीको जयजयकार गर्दै माँसपेशी र रक्तपिण्डहरु चपाएँ । 

आँधीले खरको छानोहरु उडायो
मक्किएका खम्बाहरु भत्कायो
त्रासमय बातावरण सबैतिर फैलाएर

कविता : बोर भो

~दिनार 'रनादी'~

भिनाजु, मार्च २४ अगाडिको कुनै पनि विकएण्ड खाली छैन
कोठे कविता ढिलो हुने भो 'बोर' भो
ए हो र ! अँ नानी 'बोर' भो ।

संसार भरी सबैभन्दा धेरै बोलिने शव्द 'ओके' हो
तर नेपालमा धेरै बोलिने शव्द 'बोर भो'
लौ सुष्मा सुन 'बोर'को वान्की -

कविता : मोजै हुन्छ

~दिनार 'रनादी'~


ईमेलको यो जमानामा पनि
थुकले खाम टाँस्दै चिठ्ठी पठाउनुको मज्जै अर्को हुन्छ
जनवरिमा गर्ने भनेको कोठे कविता कार्यक्रम
सर्दै सर्दै मार्चमा पुगेर लामो पर्खाइ पछी कविता भन्नुको मज्जै अर्को हुन्छ ।

काम बिगारेर लठ्ठी पाईन्छकी भनी सोंच्दा
गाली मात्र पाउँदाको  मज्जै अर्को हुन्छ
नराम्रो कविता सुनाउँदा पनि
दर्शक-श्रोताको ताली पाउँदा मज्जै अर्को हुन्छ ।

कविता : अमेरिका

~नारायणदास मल्ल~

अ - नेक थरीका छन् यहाँ शायद यो रङ्गमञ्च पो हो कि ?
मे - हनेती कती छन् यहाँ कोही त फेरी माग्ने पो हो कि ?
रि - ति-रिवाज अनेक छन् सजिएकै छन मूर्दाका चिहान
का - म गर्छन् कती हो कती न रात छन् न बिहान

भोक न भकारी शोक न सुर्ता
यस्तै रहेछ अमेरिका
खुशी हुन कि दुखी हुन जनता
बुझी नसक्नु रहेछ अमेरिका ।

कविता : धन्यवाद फेस्बुक

~सुष्मा श्रेष्ठ~

धन्यवाद फेस्बुक तिमीलाई
एउटै चिठ्ठीको इन्तजारमा
महिनौं कुरीरहनु पर्ने
समयको अन्त गरिदिएकोमा ।

धन्यवाद फेस्बुक तिमीलाई
टाढाकोलाई नजिक बनाईदिएकोमा
अतितका अन्धकारमा हराएका
सखाहरुसँग भेटवार्ता गरिदिएकोमा ।

कविता : नेता


~गंगा मल्ल श्रेष्ठ~


- गङ्ग
नेता तिमीहरु कस्तो नेता
कर्तव्य नै नगरि अधिकार मात्र जमाउने नेता
गरैवी असहाय निमुखाका पीडा नै नबुझी
आफ्नो स्वार्थ मात्र पूर्ती गरी रमाउने नेता
तिमीहरुलाई धिक्कार छ आफ्नो लागि राजनीति गर्ने नेता
नेता तिमीहरु कस्तो नेता ।

तस्करी र गुण्डाहरु पाली-पाली आफूलाई ठूलो ठान्ने नेता

गजल : सुरु देखि नै


~विश्वजित अधिकारी~


आँखामा जब राखीयो रहर सुरु देखि नै
मधुरा बने मेरा नजर सुरु देखी नै ।

सब चिजको सुरुवात र अन्त्य एउटै हुँदैन
हिट्लर पनि थिएयन हिट्लर सुरु देखी नै ।

Monday, January 1, 2018

​म्याडिसनमा १८औं कोठे साहित्य गोष्ठी सम्पन्न

~आविष्कार भारती

मध्य-पश्चिम अमेरिकाको सानो शहर म्याडिसन, विस्कन्सिनमा नेपाली भाषाको सानो यत्न, एउटा चौमासिक साहित्यिक भेट्घाट हुने गर्छ र यसलाई नाम दिईएको छ - म्याडिसन कोठे साहित्यिक गोष्ठी । शिशिर ऋतुको आँत जमाउने चिसो छिचोल्दै, २०१७ सालको अमिला तिता पल पछाडि छोडेर सुकिला मलीला पल सङ्गाल्ने आशा, उमङ्गका साथ २०१८ जनवरी १ तारिकका दिन म्याडिसनमा १८औं कोठे साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।

दिनार श्रेष्ठ एवम् धन मल्ल श्रेष्ठको आयोजनामा उहाँहरुको

कविता : बहुलाही

~आविष्कार भारती~

ऊ मुसुक्क मुस्काइ
उठी
अनी फेरी जोरले चिच्याई
सरापी
तथानाम गाली गरी
फेरी चटक्क बसी
यस्सो नेत्र कोणबाट उसैलाई हेरी
मुस्काइ अलिकती

गजल : भन्दिनुहोला मान्छेलाई

~गोविन्द गिरी प्रेरणा~

भैगो आमा पस्किनु पर्दैन भात भन्दिनुहोला मान्छेलाई
कसले उठाउने सास नफेरी वाकसमा वसेको मान्छेलाई

नक्कली तालिमको सक्कली प्रमाण र राहदानी वोकेथ्यो
सोधिहेरन कस्तो छ उसको भाग्य जोखाना हेर्ने मान्छेलाई

कविता : यसरी मनाईदेऊँ प्रिये मेरो नयाँवर्ष

~गोबिन्द सिंह रावत~


जनवरी फरवरी मार्चभरी
बसन्तको सुगन्धले
मनलाई सुगन्धित बनाई देऊँ
अप्रिल मई जुनभरी
प्रेमको बतासले

कविता : नयाँ वर्ष

~अविमन पसछें~


कमजोर धरातलमा
भासियो  पुरानो वर्ष
कसिलो काँध
 दिन आए जस्तो छ नया वर्ष
फड्को मारी
 प्रवेश गर्छ की यो नया युगमा

कविता : हाम्रो पारा

~बिनोद पाण्डे~

गोरे आए काले आए
चुच्चे थेप्छे डल्ले आए
कती गए कती आए
हाम्रा सबै नमुना आए

लुकी छिपी कती आए
डि.भि पर्ने सजिलै  आए
पढ्ने एउता बहानामा आए
विद्यार्थीका ताँती आए

कविता : नाती भनिदेउ


~लेखनाथ काफ्ले~

नाती तिम्रो आमा र मामाहरुलाई भनिदेउ
म शून्य झैं भएकी छैन
बदलमाथि कहिल्यै नभेटिने
ठाउँमा नि म गएकी छैन
म त हावासँगै बहेर
उनिहरुलाई ममतामयी स्पर्ष दिईरहेको छु
शरीर नष्ट भएर के भयो र ?
आत्मासँगै म जीइरहेको छु ।

कविता : मेरो प्यारो सेलफोन

~धन मल्ल श्रेष्ठ~

मेरो प्यारो हेट फोन
तिमी कती प्यारी छौ
बिहान सँझ साथमा
दिनभरी हातमा
राती सँधै सिरानीमा
सञ्चो हुँदा वा बिरामीमा
तिमी कती प्यारी छौ ।

अचम्मै लाग्छ
तिमी के होईनौ ?

छन्द कविता : आदिकवि प्रती


~मित्र पौडेल~

छन्द : मालिनी

कवीकूल गुरु हाम्रा काव्य स्रवटा महान
सुमधुर कवितामा रमको गीत गान
अमर हुन पुग्यौ हुँँ काव्य मिठो रचेर
जनमन बीच उदयऔ भानु तारा बनेर ।।

कलकल कविताको बगायौ भावगङ्गा
जनमन सब जोड्ने एकतासूत्र चङ्गा
भुवनभर बहायौ काव्यधारा सुनौलो
मृदुसम रस तिम्रा कीर्ति ल्यएर नौलो ।।

कविता : स्वागत छ

~नारायणदास मल्ल~


स्वागत छ तिमीलाई नयाँ वर्ष बनी आयौ
धर्तिमा फेरी आज नयाँ किरणले छायौ
कसरी म स्वागत गरौं खै के चढाउँ तिमीलाई
सारा जिव अगाडि बढाउ आषिस देउ सबलाई ।

आशा लिई बसिरहेछन् नयाँ वर्ष केही होला
इच्छा सबक पुरा गरी देउ हे परमात्मा भोला

कविता : दिदी बहिनीको हालत


~गंगा मल्ल श्रेष्ठ~

कती राम्री नानी तिमी कता जान लाग्यौ
निधारमा रातो टिका लगाएर हिंड्यौ
दलालिको कुरा सुनी निर्धक्क भै खाडी मुलुक लाग्यौ
न्याय निसाफ छैन भन्छन् खाडी मुलुकमा
पशुतुल्य हुन पर्छ भन्छन् समाचारमा