Saturday, March 24, 2018

कविता : नेता


~गंगा मल्ल श्रेष्ठ~


- गङ्ग
नेता तिमीहरु कस्तो नेता
कर्तव्य नै नगरि अधिकार मात्र जमाउने नेता
गरैवी असहाय निमुखाका पीडा नै नबुझी
आफ्नो स्वार्थ मात्र पूर्ती गरी रमाउने नेता
तिमीहरुलाई धिक्कार छ आफ्नो लागि राजनीति गर्ने नेता
नेता तिमीहरु कस्तो नेता ।

तस्करी र गुण्डाहरु पाली-पाली आफूलाई ठूलो ठान्ने नेताअजिङ्गर झैं अघाएर गरिवको आँशुमा पौडी खेल्ने नेता
म त भन्छु तिमीहरु सुखै सुखमा रमाउने नेता
नेपाल आमको पुकार नसुनी नेपाललाई नङ्ग्याउने नेता
नेता तिमीहरु कस्तो नेता ।

तिम्रो आँखामा लागेको त्यो तस्करी जालो च्यतेर हेर
रोईरहेछन् नेपाल आमाको सन्तानहरु हेर
चिच्याईरहेछन् आफ्नो आफ्नो दैनिकी जीवन चलाऊन हेर
खै त तिमीहरुको समर्थ्य नेपाल आमालाई हँसाउने हेर
नेता तिमीहरु कस्तो नेता ।

भन्छन् सबैले आयो रे नेपलमा गणतन्त्र
म त भन्छु नेपलमा आयो है भागवण्डा तन्त्र
एक दोश्रो कहिले शत्रुता, त कहिले गँठबन्धन
मिलेमतो गरी राजनीतिका गर्छौ रङ्गमञ्चन
नेता तिमीहरु कस्तो नेता ।

आफ्नो पदरुपी कुर्सीलाई प्यारो गरि-गरी
गर्छौ हैकम एक तन्त्रिय राजाले सरी
देशवासिहरुलाई जत्ती नै पीडा भए पनि
रमाइ रहन तिमीहरुको गहना नै रहेछ अनी
नेता तिमीहरु कस्तो नेता ।

तिमीहरुको पैतृक सम्पत्ती होईन हाम्रो नेपाल
भगवानडा गर्ने नेता नेपालीहरुलाई चाहिँदैन
स्वच्छ सवी भएका नेता नेपालीहरुलाई अती नै खाँचो छ
नेपाल आमालाई हँसाउने सपूतको अती नै खाँचो छ
नेता तिमीहरु कस्तो नेता ।

(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment