Saturday, November 5, 2016

कविता : बिक्रीमा छ

~अप्सरा गिरी भारती~

आत्मा बिक्रिमा छ
ज्ञान बिक्रिमा छ
बिबेक बिक्रिमा छ
हो हजुर, यहाँ मनोरत्तीका हर साधन बिक्री हुन्छ 
यहाँ सब्थोक बिक्रीमा छ ।।

पिरेम बिक्रिमा छ
प्रेमी बिक्रिमा छ
माया बिक्रिमा छ
हो हजुर, यहाँ सम्बन्धको नाप तोल अनी मोल हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

कविता : चोर को ? चोर

~अविमन पसछें~

पेट घटाउने उदेश्यमा
म बजार डुल्दै थिएँ
रंगिन त्यो माहौलमा
म रमाउंदै थिएँ

यात्रामा व्यवधान गर्दै
एउटा खाते बच्चाले छेक्यो
मानव उ पनि म जस्तै
तै पनि अमिल्दो भयो 

कविता : मले मलाई जान्नु छ


~गंगा मल्ल श्रेष्ठ~

दु:खको अनुभुति नभए जगतमा
सुखको के अर्थ रहने थियो र ?
परायाको कांडा नबिझे जीबनमा
आफन्तको के महत्व रहने थियो र ?

सुख सुख भनि सबै दौडिरहेछन्
तर सुख खै कसलाई मिल्यो र ?
अरूकै भरमा सुख खोज्जेहरूलाई
मृगतृष्णा के हो किन बुझ्नु पर्यो र ?

छन्द कविता : सद्भाब पैदा गरौं


~मित्र पौडेल~

छन्द :  शार्दुलबीक्रिडित

नेपाली मनको सुवास गतिलो चुस्दै छ कस्ले अहो
कस्तो दिक्क छ रोम यो अपसकुन्, मेटौं नलौ दोष यो
आस्थामा अति लिन भै मुलुकमा हामी थियौं सज्जन
कस्तो घोर बिषाग्नीको चुसचुसे सल्क्यो न त्यो दुर्जन ।

जन्मे बुद्ध भनेर वीश्वभर नै जप्छौं हामी सानले
नेपाली मनमा अशान्ति छ भने, के गर्छौं त्यो मानले
के गर्ने तव रात पर्छ दिउसै तारा उदाइन् अब
यो पर्खाइ हुनेछ ब्यर्थ कि कसो हे बुद्ध आउ अब ।

कविता : मलाई कविता फुरेन


~तिलकराम लुईटेल~

आमा मलाई कविता फुरेन
आमा तिमीलाई एकथान राजनेता जुरेन ।।

बि.पि. र म.बि.बि.लाई समकालिन जन्मा हुनु थियो भूल
उठ हे जनता भन्दै नेताहरुले फुकेक थिए बिगूल ।।

कविता : सासुको कर्तब्य

~जमुना खनाल~

हे सासु हो सुन अलिकति यज्ञ बात
कर्तब्य ख्याल नगरेर उसै नमात
भंडारमा नपस बाहिर निस्क हेर
संसारको गति बिचार बिचार फेर।

आमा र सासु तिमी नै घरकी मुहान
तिम्रै पछाडी सब छन् घरका जहान
जे काम पर्छ हँसिलो मुखले अह्राउ

कविता : साधना

~डा. रमेश खनाल~

मलाई राम्ररी थाहा छ
तिमीले छरेका अनगिन्ती मोतीहरू टिप्ने प्रयासमा
मैले थुप्रै ढुङ्गा र गिटीहरु टिपेको छु
हात भरी माटो र शिर भरी फ़ोहर बोकेको छु
तथापि त्यसलाई समेत
तिमीले दिएको उपहार सम्झेर
आभूषण झैं हर पल धारण गरिरहेछु 
तिम्रो अनन्य कृपा स्वरुप
निरन्तर ग्रहण गरिरहेछु।


असिमीत आकाशको उचाई नाप्ने दुस्साहसमा

छन्द कविता : साथी

~सोम खनाल~


छन्द : शार्दूलविक्रीडित

साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन्
धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन्
ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन्
सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् ।

साथी हुन्न कदापी दुष्ट कहिलै न दिन्छ कष्ट कतै
स्वार्थी हुन्न कदापी इष्ट कहिलै उ हुन्छ प्रष्ट सधै
साथी सुन्छ सधैं अदृष्य मनका कुरा छिपेका सबै
राखिदिन्छ तर बडो जतनले विश्वासघाती नभै ।

Saturday, October 1, 2016

कविता : आराधना

~डा. रमेश खनाल~

मस्तिष्कले तिम्रो सम्झना गर्दा गर्दै
हृदयले तिम्रो आराधना गर्दा गर्दै
जन्म जन्मातारको द्वैधताले होला
तिम्रो अद्वैत, अपरिमित अस्तित्वको पहिचान
मेरो पन्चेन्द्रियको परिधि बाहिर रहे, बाहिरै रहे।

वेदका ऋचाहरु
मधुर संगीतको सुमधुर धुन भन्दा कर्णप्रिय रहे
तथापि मेरो आफ्नै आवाज भने
लय र ताल बिनाको मादल झैं 
कर्कश, प्रस्फुटनहीन

छोटो कविता : चाहा

~आविष्कार भारती~

संसार म आफ्नो 'यो' ले भर्छु
अनी
एस्सो हेर्छु कता कता 'त्यो' अपुग लाग्छ
मनमा म आफ्नो 'यस्ले' भर्छु

लघुकथा : राम्रो अस्पताल

~आविष्कार भारती~

टाउको कन्याउँदै भन्यो उस्ले, "हो हो हजुर म बिष्णु नै बोलेको हो । हजुर को बोल्नु भाको होला ?"

नचिने पनि चिने जसरी भन्यो, "ए ! ए ! हजुर ।"

"हो के हो भर्खर यहीँ चोकमा दुर्घटना भा'को हो । तपाईं को हो र ?" ,भन्दै, "ए त्यहाँ पछाडि नरुनुस् त, एक त नेट्वर्क भएर केही सुन्या छैन ह्याँ ।"


मोबाइल फोनबाट प्रश्नको बौछारले झिजो मान्दै उत्तर दियो, "हो हजुर, मैले ल्याइराको छु काठमाण्डौ ।"

कविता : आमा

~मित्र पौडेल 

हामी मात्रा सुगन्ध हौँ सब दिने आमा यहाँ फूल हुन्
वारीपाइ छ गर्नु केवल यहाँ तार्ने तिनै पुल हुन्
हल्लिन्छौ जुन फेद थामी खुशीले आमा त्यही झुल हुन्
बग्छौ सागरलाई आज सहजै आमा सँधै मूल हुन् ।।

हाम्रा पटका दृष्‍टिले जिती गए आमा यहाँ भूल हुन्

मित्र पौडेलका चार मुक्तक

~मित्र पौडेल 


पिडाको काहानी बाँकी छ
अझै एउटा परीक्षा बाँकी छ
फेरी सताउने भए आउ प्रियतमा
मुटु चिरा भईसक्यो अब शरीर बाँकी छ ।

हिमचुलिको उचाईमा पनि फर्कँदैन
नखोजेमा धातु मिल्ने खानि फर्कँदैन
समय एकातिर मान्छे अर्कोतिर
बुढो भएपछी जवानी फर्कँदैन ।

कविता : समर्पण

~मित्र पौडेल 


निस्वार्थ मनमा मेरो राष्ट्र नै थियो जीवन
हे वत्सत्मयी आमा, जिन्दगी छ समर्पण

सर्वस्व जिन्दगी मेरो मन होस अथवा धन
राष्ट्र कै हितमा मूर्दा हुँदा सम्मा पनि तन ।

गजल : को आउँदैछ आज ?

~सीता अर्याल 

साँझमा दैलो कुरी बस्यौ को आउँदैछ आज ?
उतै नजर छरी बस्यौ को आउँदैछ आज ?

थोत्रो टिशर्ट लगाइ बस्थ्यौ हिजो अस्ती घरमा
सुट टाइ नै पहिरी बस्यौ को आउँदैछ आज ?

कविता : आमा तिमीलाई कस्तो छ ?


~तिलकराम लुईटेल~

आमा तिमीलाई कस्तो छ ?
तिमीलाई राणा शासन फापेन
तिमीलाई राजातन्त्र फापेन
तिमीलाई निर्वाचन व्यवस्था फापेन
तिमीलाई पञ्चायती व्यवस्था फापेन
तिमीलाई सुधारिएको पञ्चायती व्यावस्था फापेन
अगणतान्त्रिक व्यवस्था संबिधान पाएकी छौ

कविता : जन्मदिन भर्सेस वर्थ डे

~दिनार 'रनादी'~

थियो एक जमाना
पानसमा दीयो वालेर
निधारमा टीका थापेर
मनाउँथ्यौं जन्मदिन
सानो थियो परिवेश
सानै थियो संसार
तर मनभरि उल्लास
जन्मदिनमा गाउँभरी
ल्याउँथ्यौ तिमी वहार !

आजकाल

कविता : बन्द आँखा

~अर्चना धाख्वा~

टाढा थियो बास मेरो देख्न सकिन
देख्न भनि वर आउँदा हेर्न सकिन

तिमीले त झनै आफ्नो ढकनीले ढाक्यौ
त्यो आँखालाई मेरो लागि बन्दै गरि राख्यौ

Saturday, May 28, 2016

गीत : जलिरहेछ यो एउटा मुटु


~ डा. रमेश खनाल ~

आएर याद बिछट्ट उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन

कसरी भनूँ चाहेर पनि सुखी छु भनेर
अस्ताइसकेको सूर्यमा बिस्कुन सुकाउछु भनेर
आएर याद बिछट्टै उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन

जलिरहेछ यो एउटा मुटु खरानी बन्नलाई
देह त आखिर नश्वर नै हो अग्निमा जानलाई
आएको एक्लै जानु छ् एक्लै तैपनी यात्रामा

कविता : पीरतीको कुरा

कवि दिनार रनादी
~ दिनार रनादी ~

जीवन जीउने ध्याउन्नमा
पीरती लाउनै भूलिएछ
सन्ततीको तिर्सनामा
माया लाउनै बिर्सिएछ
जीवनवृती दौडधूपमा
माया कतै छाडिएछ
सम्पत्तिको तिर्सनामा
माया कतै टाढिएछ
गाउँछु भन्थे जीवनगीत