Saturday, May 28, 2016

कविता : पीरतीको कुरा

कवि दिनार रनादी
~ दिनार रनादी ~

जीवन जीउने ध्याउन्नमा
पीरती लाउनै भूलिएछ
सन्ततीको तिर्सनामा
माया लाउनै बिर्सिएछ
जीवनवृती दौडधूपमा
माया कतै छाडिएछ
सम्पत्तिको तिर्सनामा
माया कतै टाढिएछ
गाउँछु भन्थे जीवनगीत

स्वर कतै भासिएछ
पिरतीको अमर प्यास
उमेरसँगै सकिएछ
कोही भन्थे म त एस्तो होइन हजुर
पिरतीले जोगी बनायो
त्यै पिरतीको खोजिमा जीवन बरालियो
जोगी बनाउने त्यो पिरती लाउन पाए हुन्थ्यो
जीवन को त्यो अमर गीत गाउँन पाए हुन्थ्यो |

Poet's handwritten version 
(मे २८, शनिबार, २०१६ मा - सन्तोष लामिछनेको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment