Saturday, November 5, 2016

कविता : मले मलाई जान्नु छ


~गंगा मल्ल श्रेष्ठ~

दु:खको अनुभुति नभए जगतमा
सुखको के अर्थ रहने थियो र ?
परायाको कांडा नबिझे जीबनमा
आफन्तको के महत्व रहने थियो र ?

सुख सुख भनि सबै दौडिरहेछन्
तर सुख खै कसलाई मिल्यो र ?
अरूकै भरमा सुख खोज्जेहरूलाई
मृगतृष्णा के हो किन बुझ्नु पर्यो र ?


पृथ्वी छाडि चन्द्रमा टेक
या सूर्यलाई तिमी आफ्नै देख
तारामण्डल वा तीनै भूवन यो
मेरो भन्दै तिमी गुड्डी हांक ।

तर ब्यर्थ यो तिमी जान
मलाई मैले नजाने सम्म
जीबन खेर गयो तिमी यो मान ।

काम, क्रोध र लोभ मोहको
घनघोर यो जंगल बिचमा
आफूले आफूलाई नजाने सम्म
जन्म मृत्यूको बन्धन छ  ।

छाडि शरीर यो जानु अघि
अब एउटै काम बांकि छ
सबै थोक जानें तर केही भएन
अब मले मलाई जान्नु छ 
अब मले मलाई जान्नु छ  ।

(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment