Saturday, May 28, 2016

गीत : जलिरहेछ यो एउटा मुटु


~ डा. रमेश खनाल ~

आएर याद बिछट्ट उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन

कसरी भनूँ चाहेर पनि सुखी छु भनेर
अस्ताइसकेको सूर्यमा बिस्कुन सुकाउछु भनेर
आएर याद बिछट्टै उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन

जलिरहेछ यो एउटा मुटु खरानी बन्नलाई
देह त आखिर नश्वर नै हो अग्निमा जानलाई
आएको एक्लै जानु छ् एक्लै तैपनी यात्रामा

खोजेको साथी छोडेर गयो दोबाटो बिचमा
आएर याद बिछट्टै उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन

मृत्‍युको गहन निद्रामा सुत्न हतार छ मलाई
छ भने स्वर्ग साँचिक्कै कतै पाइला टेक्नलाई
अन्तिम बिदा नमागी हिड्यो भनेर नरिसाउ
फूल्को थुङगो पाएमा कतै आएर चढाउ
आएर याद बिछट्टै उस्को खप्नलाई सकिन
मुहार प्यारो चाहेर पनि बिर्सन सकिन

Poet's handwritten version
(मे २८, शनिबार, २०१६ मा - सन्तोष लामिछनेको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment