~जमुना खनाल~
हे सासु हो सुन अलिकति यज्ञ बात
कर्तब्य ख्याल नगरेर उसै नमात
भंडारमा नपस बाहिर निस्क हेर
संसारको गति बिचार बिचार फेर।
आमा र सासु तिमी नै घरकी मुहान
तिम्रै पछाडी सब छन् घरका जहान
जे काम पर्छ हँसिलो मुखले अह्राउ
त्यो गर्न जान्दिनन् त आफू गरी सिकाउ।
आफू बुहारी बनदा कति दुख पायौ
डक्ल्याउदा र लुंछिदा कति हडबडायौ
पाएँ बुहारी भरि सक्ये गरेर अहिले
यसलाई हुँदामा कजाउनु पर्यो मइलॆ।
भन्ने कठोर दिल साथ तिमी नझर्क
बेकार कारण बिना रिसले नचर्क
छोडेर दृश्य अझै भलो चिताई
सासु अझै पढ पढाउ बुहारीलाई।
(करीब ५५ बर्ष पहिले लेखिएको कविता)
(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment