हामी मात्रा सुगन्ध हौँ सब दिने आमा यहाँ फूल हुन्
वारीपाइ छ गर्नु केवल यहाँ तार्ने तिनै पुल हुन्
हल्लिन्छौ जुन फेद थामी खुशीले आमा त्यही झुल हुन्
बग्छौ सागरलाई आज सहजै आमा सँधै मूल हुन् ।।
हाम्रा पटका दृष्टिले जिती गए आमा यहाँ भूल हुन्
हाम्रा पाष्विक चेतका बिजयमा आमा यहाँ धूल हुन्
सम्झौ सज्जन दर्द त्यो स्रिजन्को आमा ठुलो शक्ती हुन्
प्रात: साँझ मनन गरौं हृदयमा आमा परम भक्ती हुन् ।।
(अक्टोबर १, २०१६ का दिनमा रमेश-मन्दिरा खनालको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम'को १३ औँ श्रिङ्खलामा वाचन गरिएको)
No comments:
Post a Comment