पिडाको काहानी बाँकी छ
अझै एउटा परीक्षा बाँकी छ
फेरी सताउने भए आउ प्रियतमा
मुटु चिरा भईसक्यो अब शरीर बाँकी छ ।
हिमचुलिको उचाईमा पनि फर्कँदैन
नखोजेमा धातु मिल्ने खानि फर्कँदैन
समय एकातिर मान्छे अर्कोतिर
बुढो भएपछी जवानी फर्कँदैन ।
दिन्चर्याका घन र गिट्टीले तर्सायो
मध्यरातमा सिठ्ठीले तर्सायो
दिनैपिच्छे प्रतिक्षाको आशामा बाँच्दै गर्दा
धागो बां८धिएको एउटा चिठ्ठीले तर्सायो ।
यो मधुमासमा तिम्रो आसमा जती फूल फूलेका छन्
सबै व्यर्थ छन्
तिमी नै छैनौ जुन मसँग भने
स्वर्ग नै पृथ्वीमा आए ति सबै व्यर्थ छन्
(अक्टोबर १, २०१६ का दिनमा रमेश-मन्दिरा खनालको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम'को १३ औँ श्रिङ्खलामा वाचन गरिएको)
No comments:
Post a Comment