Saturday, December 7, 2019

कविता : मोबाईलको बयान


~गंगा मल्ल श्रेष्ठ~

जमानाले नेटो काट्यो भन्नै मन लाग्छ
एउटा मोबाईल भयो भने सबै खुशी हुन्छ
त्यही मोबाईलले हसाउँछ त्यसैले नै रुवाउँछ
नाता सबै बिर्साएर माया प्रिती लाउँछ
समाचार लेख्न परे ठाउँँ मिलाई हाल्छ
मनका सबै कुराहरु व्यक्त गर्न पाईन्छ

कविता : भाग्य

~शर्मिला पोखरेल~

भाग्य खोजेर होईन
कर्मले पाईन्छ ।
सम्बन्ध लडेर होईन
जोडेर पाईन्छ ।

घामको प्रकाशबाट बाँच्न
छहारी नै चाहिन्छ

कविता : दैवको लीला

~रुकु केसी~

जीवन यात्राामा कुन मोडमा अन्तर्घात, घटना, दुर्घटना हुन्छ
जीवन अन्त्य नहुञ्जेलसम्मा कती बेला कुन रोगले समाप्त पार्छ दैवको लीला

भित्री सकेपछी बाली, किरा, फट्याङ्ग्रा,
चिसो तातोबाट सुरक्षित राख्नु पर्छ 
त्यस्तै जीवन सुश्वासथ राख्न, खानपिन,

कविता : आर्थिक शरणार्थि


~डा. बेङ्कटेश दास शर्मा~

दिक्षाको खोजमा जन्मथलो भुल्छ
गाई बाच्छा आनी साथी संगी छोड्छ
सुख दुख तीता मिठा कुरा सबै बिर्सन्छ
स्वप्नील तरंगमा योजनाको जालो बुन्छ
 मातृभूमिका तृषण्रा मेटाउने उदेश्य लिन्छ

कविता : जीवन दर्शन : हे मित्र

~डा. कृष्ण सिजापती~

        स्वप्न रुपी अनित्य जगतमा गर्नुछ केको अभिमान
        माया र ममताले मात्र हुन्छ परमेस्वरको प्रणाम ।२

        प्रत्येक क्षणमा भोग्दैछौ हेर पूर्व जन्मको फल
        सत्कर्मले मात्र हुन्छ आज र परजन्मको सफल ।२

        पल पलमा विज रोप्दैछौ लिएर फलको आस
        कर्मलेनै निर्णए गर्छ स्वर्ग र नर्कको प्रबास ।२

कविता : दूरी


~अर्चना धाख्वा
~

धेरै बिलें सबै बताएँ
रामायाण नै सुनाए झैं
रामा जन्मे, वनवस लागे
सीता समेटा पलायन भई ।

आज प्रश्न त्यही कथामा
सकुनीको दुष्टता

कविता : बुहारी


~कल्पना ढकाल रिजाल~   

आमाको न्यानो काख, बुवाको फराकिलो काँध,
माइतीको आँगन अनी पानी पँधेरो
याद गर्दै आँसुका धारा धर्धरी मुहान फुटे झैं,
सासु बोल्दै रछिन तर म कहाँ रुन पुगेछु
बुहारी , भाउजु, काकी, माइजु थाहैनपाई यही साइनोले गरेछन्,
साथीसँग रमाउँदै, आमालाई कराउँदै,

Saturday, November 2, 2019

समाचार : प्रवासमा साहित्यिक मनहरुको भेला

~मित्र पौडेल~
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्म जयन्तीको अवसर पारेर कविता प्रतियोगिता कार्यक्रम नाफा साहित्य साँझ २०७६ सुसम्पन्न गरिएको छ । नेपाली अमेरिकन मैत्री सङ्घ(नाफा)ले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व अविमन पसछेंले गर्नु भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि मदन पुरस्कार एवम् पद्मश्री पुरस्कारबाट अलङ्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार नीलम कार्की निहारिका

कविता : अनुभूती

~पूर्ण श्रेष्ठ~

शून्यको अगाडि जती राखे पनि
शून्यको पछाडि जती थपे पनि
शून्यले कहिल्यै रूप फेर्दैन
किनकी शून्य पूर्ण छ ।
जे म छु बाहिर अपूर्ण छु
तर म भित्रको शून्य पूर्ण छ
म भित्र महाशून्य छ ।

म मान्छे हुँ, मसँग सबथोक छ
सङ्घर्षको आँसु छ,
सफलता पछीको हाँसो छ

कविता : आमाको आगनमा

~बिन्दू तिमिल्सिना~

आजभोलि,
अनायास टिलपिलाउछन मेरा आखाहरु घरिघरि
घरको याद आएर झलझली
उड्दै उड्दै पुग्छ यो मन
सम्झनाको मझेरीमा
सपनाहरुमा पनि पुग्छु सधै त्यतै
अन्तरमनकै घडेरीमा !

धेरै भएछ आफ्नो घर नगएको

कविता : जलन

~अप्सरा गिरी भारती~

पहिलो स्पन्दनमा आभास भयो
म केही बिशेष छु, मात्र केही अवशेष हैन
समय बग्दै गयो, ममा म भरिँदै आएँ  
आमाको अनुहारमा आभा लिपिँदै गयो
दिन सप्ताह बन्यो, सप्ताह मास
मैले चिन्दै नचिनेका आफन्त खुशी भए रे
म के रहेछु भनी आधुनिकताले मापन भए रे
सासलिनु अगावै सास थुन्न तम्सेका हातले
मलाई पहिलो पटक नराम्ररी डाम्यो ।

उज्याली, हँसिली, ओजिली पुष्प देखिएछु 

कविता : प्रतियोगिता

~अर्चना धाख्वा~

विवेकको र बलको होइन
पोशाकको न गहनाको,
केहि झलक, केहि मुस्कान
साटासाट गर्ने बहानाको ।
आज प्रतियोगिता छ रे
तिम्रो मेरो चाहनाको ।।

श्वोरको र संगीत को होइन
नृत्यको न  गानाको

कविता : पाप

~डा. रोशा पोखरेल~

बुबाले भन्नुभयो, पर जाऊ
आमाले भन्नुभयो, वर नआऊ
सबैलाई छोरी पर सरी भनियो
आज कति दिन हो? चोखिने कहिले हो?
मादल नै घन्कियो।

दिउँसै अचानक सूर्यलाई छेकियाे
उज्यालो छ भन्दै थिएँ, रात्री पो देखियो
टुँडिखेल जत्रो मेरो कोठा, दुलो जत्रो भेटियो
दिउँसै छ भन्दै थिएँ, भित्तामा पूर्णिमा देखियो
बिझायो सिरानीले, केश मेरो परालैम रेटीयो।

कविता : मनको आँखा

~सुष्मा श्रेष्ठ~

बिकासको सगरमाथा
टेके भन्छन् मनिस
अनुहारको फोहोर भन्दा
ऐना पुस्छन् मनिस
चर्म चक्षु सिङ्गारेर
खै कहाँ पुगिएला
मनको आँखा नखोली
जिवनको सार के होला ।

रिसरागको बाबियोले
जीवन बाट्दा बाट्दै
लोभमोहको पिरिङ्गोमा
माया साट्दा साट्दै

कविता : प्रेसर


~लेखनाथ काफ्ले~

जता फर्क्यो त्यतै प्रेसर
दायाँ प्रेसर, बायाँ प्रेसर
यता प्रेसर, उता प्रेसर ।

तल टेक्यो धरातलको प्रेसर
माथिबाट गुरुत्वाकर्षण बलको प्रेसर
अनि जताततैबाट देख्दै नदेखिने 'हावा' को प्रेसर ।

यो ‘हावा’ को नचाहिंदो प्रेसरले कहिलेकहीँ त
मगजको रसायन नै खल्बलाउने
नाथे तौलबिनाको, आकारबिनाको

कविता : जय भानु

~प्रदीप केसी~

भानु आज तिमी जरुरत छौ
तिमी खडेरिको जल हौ, देव हौ ।
तिम्रो रामायण बयान आई फोन
बजाएपछी भाग्छन् निसाचर ।।

भानु तिमीले धर्मलाई साक्षात्कार बनायौ
पाप, पुण्य, मुक्तीको बाटो सरल बनायौ
नेपाली भाषा, साहित्यलाई रसिलो,
मलिलो, मीठो, जनजिब्रोको बनायौ ।

कविता : नबुझेको युद्ध

~निकिता मिश्र पाण्डेय~

भींडमा दौडिन्छु आँत्तिएर
बाबा आमा हुन् कता
खैलाबैला कोलाहाल
छ यता उता ।

पछाडि हेर्न डर लाग्छ
साथी ढलेको पो देख्छु
अगाडि बाढ्न कर लाग्छ
कहीं पुग्छु कि सोंच्छु ।

गीत : सुन्यतामा

~एल के गुरुङ~

सुन्यतामा आएँ यहाँ, सुन्यतामै जान्छु
जती माया पाउँछु तिम्रो, मेरै साथ लान्छु ।।

देखावटी माया हैन, मनले माया गर्छु
भाग्यमा जो लेख्या छ, उसकै साथ जिउँछु मर्छु ।
बाँचुञ्जेल खुशी दिन्छु, मरि लानु के छ

गजल : आजभोली

~दीपक पौडेल~

मान्छेदेखी मान्छे किन डराउँछ आजभोली
अनायसै झस्किएर कराउँछ आजभोलि ।

सत्य बोल्ने मानिसहरु पछी पर्न थालेकाछन् 
नैतीकता त्यसै तलै हराउँछ आजभोलि ।

शान्तीका दूत परेवाहरु असुरक्षित छन् यहाँ
रगत पोतिएको झन्डा फहराउँछ आजभोलि ।

कविता : म कसरी नेपाली होइन त ?


~कल्पना ढकाल रिजाल~   

म जन्मिंदा मेरी हजुरमाले खुसीले चिच्याउँदै
हाम्रो घरमा लक्ष्मीको बास भो भनिन् रे,
पल्लाघरे दाइ, माथिले घरे काका, तल्लाघरे मामा
सबै भेला भई सेल रोटी र चौरे तालमा रमाएका थिए रे,
अनि म कसरी नेपाली होइन त?

गुन्द्रुक, सिन्की अनि मुलाको अचारले मेरो मुख रसाउँछ