Saturday, December 7, 2019

कविता : बुहारी


~कल्पना ढकाल रिजाल~   

आमाको न्यानो काख, बुवाको फराकिलो काँध,
माइतीको आँगन अनी पानी पँधेरो
याद गर्दै आँसुका धारा धर्धरी मुहान फुटे झैं,
सासु बोल्दै रछिन तर म कहाँ रुन पुगेछु
बुहारी , भाउजु, काकी, माइजु थाहैनपाई यही साइनोले गरेछन्,
साथीसँग रमाउँदै, आमालाई कराउँदै, आमा खान देउ भन्ने म, खान पस्किने पो भएछु,
कसैलाई खानमा कुर्ने भएछु,
सबैमा तेल लगाउने अनी सासुको पछ्यौरी पट्याउन पुगेछु
गरमा माया त छ, माईतीको जस्तो इज्जत छैन
दया त छ, दया देखाउने बानी छैन
धन र सम्पत्ती छ तर, खुशी छैन
म माइती कि राजकुमारी, घरकी त काम गर्ने बुहारी पो भएछु
बाबाले किन्देको त्यो छोटो फरक लगाउने म
बेर्नै नजान्ने फरिया चौबन्दी लगाउने भएछु
त्यही मेरा कल्कलाउँदा हात-खुट्टा, चर्चरी फुटेछन्
ढुङ्गाको गट्टी अनी कल्पना गरेको घर बसाउने म, थाल-बटुकासँग बोल्ने भएछु
म घर कि भएछु, माईतीलाई टाडै छोडेछु
म बुहारी भएछु । 

(डिसेम्बर ७, २०१९ का दिन प्रदीप-रुकु केसीको निवासमा आयोजना भएको "२९औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment