Saturday, December 7, 2019

कविता : दैवको लीला

~रुकु केसी~

जीवन यात्राामा कुन मोडमा अन्तर्घात, घटना, दुर्घटना हुन्छ
जीवन अन्त्य नहुञ्जेलसम्मा कती बेला कुन रोगले समाप्त पार्छ दैवको लीला

भित्री सकेपछी बाली, किरा, फट्याङ्ग्रा,
चिसो तातोबाट सुरक्षित राख्नु पर्छ 
त्यस्तै जीवन सुश्वासथ राख्न, खानपिन,
व्यायाम र चिकित्सकसँग शरीर परिक्षाण गराउनु पर्छ ।
चरित्र समय अनुसार राख्नु जरूरत छ
आजको विश्व सँसार सामन्तबाद, समाजअबाद भन्दा नेट(Net),Internet,बाद भैसक्यो,
उच्छ शिखरमा पुगेका व्यक्ती स-साना भूल वा लापरवाहीले
उच्छ स्थानबाट सामान्य जीवनमा पुगेका छन्
जीवन यात्राामा कुन मोडमा अन्तर्घात, घटना, दुर्घटना हुन्छ
जीवन अन्त्य नहुञ्जेलसम्मा कती बेला कुन रोगले समाप्त पार्छ दैवको लीला ।

(डिसेम्बर ७, २०१९ का दिन प्रदीप-रुकु केसीको निवासमा आयोजना भएको "२९औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment