Saturday, December 7, 2019

कविता : जीवन दर्शन : हे मित्र

~डा. कृष्ण सिजापती~

        स्वप्न रुपी अनित्य जगतमा गर्नुछ केको अभिमान
        माया र ममताले मात्र हुन्छ परमेस्वरको प्रणाम ।२

        प्रत्येक क्षणमा भोग्दैछौ हेर पूर्व जन्मको फल
        सत्कर्मले मात्र हुन्छ आज र परजन्मको सफल ।२

        पल पलमा विज रोप्दैछौ लिएर फलको आस
        कर्मलेनै निर्णए गर्छ स्वर्ग र नर्कको प्रबास ।२

        दानवको बसमा परेरभुल्छौ अमुल्य जीवनको फल
        हुन्छ तितो कर्मको फल लिएर अगतिलो लत ।२

        स्वीकार गरहै हरेक भूलमा लिदै सु कर्मको पथ
        स्वर्ग दवारनै बन्द हुनेछ भएर अन्त्यको अबगत ।२

        मmगडा गर्छाै क्षण क्षणमा लिदै अनित्य अहंकार
        नेत्र खोलेर हेर देख्छौ सवैमा इश्वरको अनुहार ।२

        सबै प्राणिहरु सन्तान उनैको गर्छौ किन भेदभाब
        प्रेम मात्रले हुन्छ  परमेश्वर संगको भेटघाट ।२

        दया र ममतापूर्ण हृदय सदा उच्च बनाउ
        बचन र कर्म समान राखि कदम अघि बढाउ ।२

        लानु छैन केहि मरेर जादा गर्छाै किन यो लोभ
        क्षण भरको अनित्य कर्मले हुन्छ पथको अबरोध ।२

        रंग मन्चरुपी यो जगतमा तिमिहौ एक कलाकार
        पलभर ढिला हुन गएमा लाग्दैन जीवनको पार ।२

        इश्वर हुन एक मात्र सहारा परहै उनको सरण
        गरेहै कर्म बुझेर मर्म त्यसैलेनै हुन्छ जीवन अमर ।२

(डिसेम्बर ७, २०१९ का दिन प्रदीप-रुकु केसीको निवासमा आयोजना भएको "२९औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment