Saturday, December 7, 2019

कविता : मोबाईलको बयान


~गंगा मल्ल श्रेष्ठ~

जमानाले नेटो काट्यो भन्नै मन लाग्छ
एउटा मोबाईल भयो भने सबै खुशी हुन्छ
त्यही मोबाईलले हसाउँछ त्यसैले नै रुवाउँछ
नाता सबै बिर्साएर माया प्रिती लाउँछ
समाचार लेख्न परे ठाउँँ मिलाई हाल्छ
मनका सबै कुराहरु व्यक्त गर्न पाईन्छ वर, वधु चाहिएमा चट्ट खोजी हाल्छ
सबै जना परिवारअका आ-आफ्नै छ मोबाईल
फुर्सद भयो झिकी हाल्छन् प्यारो सब्को मोबाईल
संसारभरका समाचार छिट्टै सुन्न देख्न पाईन्छ
रिस उठेकाहरूलाई पनि गाली गर्न पाईन्छ
कस्तो राम्रो प्यारो मोबाईल सबलाई मन पर्छ
परिवार ठाढा बहे पनि सुमधुर सम्बन्ध राख्छ
बिर्सिएका कुरा पनि सम्झाअी दिई हाल्छ
जमानाले नेटो काट्यो भन्नै मन लाग्छ
एउटा मोबाईल भयो भने सबै खुशी हुन्छ ।

(डिसेम्बर ७, २०१९ का दिन प्रदीप-रुकु केसीको निवासमा आयोजना भएको "२९औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment