Saturday, December 7, 2019

कविता : आर्थिक शरणार्थि


~डा. बेङ्कटेश दास शर्मा~

दिक्षाको खोजमा जन्मथलो भुल्छ
गाई बाच्छा आनी साथी संगी छोड्छ
सुख दुख तीता मिठा कुरा सबै बिर्सन्छ
स्वप्नील तरंगमा योजनाको जालो बुन्छ
 मातृभूमिका तृषण्रा मेटाउने उदेश्य लिन्छ
जुँगाको रेखी नदेखिदै मुग्लानको तयारि गर्छ
उद्यम, शिप र ब्यक्तित्तोमा अब्बलठहर्छ
बाहिरदेख्दपुरा तर दर्पणमा अधुरो देख्छ
समय चक्र संगै आर्थिक शरणार्थी कहलिन्छ

डा. बेङ्कटेश दास शर्मा 
२०७५-०८-०३ 

(डिसेम्बर ७, २०१९ का दिन प्रदीप-रुकु केसीको निवासमा आयोजना भएको "२९औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment