Saturday, December 7, 2019

कविता : दूरी


~अर्चना धाख्वा
~

धेरै बिलें सबै बताएँ
रामायाण नै सुनाए झैं
रामा जन्मे, वनवस लागे
सीता समेटा पलायन भई ।

आज प्रश्न त्यही कथामा
सकुनीको दुष्टता रामायाणमा कृष्णलीला
दूर्योर्धनको बिशेषता ।

जती नै जे भने नि मैले
तिम्रो स्रवणमा तिम्रोपन
कुराकानी दुई बिच हुँदैमा
शब्दहरूले जोड्दैन मन ।

शब्द शब्दले बनेको भाषा
हरेकको बुझ्ने अर्थ फरक
बुझ्नलाई आवाज हैन
चाहिन्छ स्वच्छ हृदयको परख ।

(डिसेम्बर ७, २०१९ का दिन प्रदीप-रुकु केसीको निवासमा आयोजना भएको "२९औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment