~सीता अर्याल~मुक्तक : सम्झना
जती बिर्सुं भन्यो झन् सम्झनामा आईदिन्छौ
अझै मिठो स्मृति बनी सङ्घारमै उभीईदिन्छौ
पटक्कै पनि दिलमा जरै गाड्न थाल्यौ क्यारे
कहिले त झरी बनी सिरानी मै बर्सिदिन्छौ ।।
मुक्तक : दोधार
माया हो कि घृणा हो बुझ्न गाह्रो भो
आँसु र मुस्कानको भाषा बुझ्न गाह्रो भो





