Saturday, July 29, 2017

अगजल : आत्मचिन्तन

~आविष्कार भारती~

समय छ, समय छ भन्दा भन्दै
फुत्किगयो दिनहरु गन्दा गन्दै ।।

स्वप्निल आशा तिलिस्मी यौवन
मन भनेको सुन्दैन कुरा बन्दै ।।

अटल विश्वास कर्मठ् इच्छा
उडेको स्वच्छन्द छ भावी उन्दै ।।

अनित्य तृष्णा अमेट्य प्यास
कर्ममा घोत्लिएर बढ्छ पाइला कन्दै ।।

नश्वर देह अभिमानी मन
भासिन्छ मायामा आफै खल्डो खन्दै ।।

बिषाक्त अकर्मण्यता स्वामीलिप्त नैतीकता
पोखेर हलाहल बुद्धी मुस्काउँछ मन्दै ।।

अज्ञानी अविवेकी अनुरागी आभासी
आत्मचिन्तनमा डूब, नभूल "आविष्कार"मा रम्दै ।।
-आ'विष'
 
(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment