Saturday, July 29, 2017

सिता अर्यालका चार मुक्तकहरु

~सीता अर्याल~

मुक्तक : सम्झना
जती बिर्सुं भन्यो झन् सम्झनामा आईदिन्छौ
अझै मिठो स्‍मृति बनी सङ्घारमै उभीईदिन्छौ
पटक्कै पनि दिलमा जरै गाड्न थाल्यौ क्यारे
कहिले त झरी बनी सिरानी मै बर्सिदिन्छौ ।।

मुक्तक : दोधार
माया हो कि घृणा हो बुझ्न गाह्रो भो
आँसु र मुस्कानको भाषा बुझ्न गाह्रो भो

छिनमै कुटिल हाँसो अनी छिनमै आँसुको बर्षा ?
यस्तो दोधारे जिन्दगी बाँच्न गाह्रो भो ।

मुक्तक : मनमा राख्याछु
तिमी मेरो जिन्दगी हौ त्यसैले त मनमा राख्याछु
सप्तरङ्गी सपनाहरु धेरै सजाइ राख्याछु
मुटु भित्र बस्यौ क्यारे आज केही हल्का भयो
तर बेहोसिमा होईन, होश पनि सम्हाली राख्याछु ।

मुक्तक : परदेश
पसे पछी परदेश ब्र्से झैं गर्नु पर्ने रहेछ
साथीभाइ गाउँबस्ती बिर्सें झैं गर्नु पर्ने रहेछ
जुन आमाले जीवनदान दिएकी थिईन
उनैलाई पनि बिर्सें झैं गर्नु पर्ने रहेछ ।


(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment