Saturday, March 4, 2017

कविता : मेरो एउटा साथी छ

~धन मल्ल श्रेष्ठ~

म भनेपछी हुरुक्कै हुने
मेरो एउटा साथी छ ।

म रुँदा म सँगै रुँदैन
रुनु कम्जोरी हो
मलाई नरुन भन्छ
नरुने उपायहरु छन्
उपायहरुको पोको दिन्छ ।

म थाक्दा मसँगै थाकेर बस्तैन ऊम हार्डआ मसँगै हारेर बस्दैन ऊ
जीवन यात्रा हो
अगाडि बढौं भन्छ
जीवनको गोरेटो आँफैले खन्नु पर्छ भन्छ
सुख दु:ख जे छ
मिलेर भोग्नु पर्छ
जीवनको यात्राा मायाले काटौं भन्छ ।

जीवनको दौडमा
आफू टाकुरामा पुगेर मलाई भन्छ
तिमीले जित्यौ मैले हारें
तर अब अली छिटो हिंड
अब सँगै पाइला चाल्नु पर्छ भन्छ
जीवन निराषाले होईन
उत्साहाले बाँच्नु पर्छ भन्छ ।

म भने पछी हुरुक्कै हुने
मेरो एउटा साथी छ । ।
(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment