Saturday, March 4, 2017

कविता : निदाउन नदिने सपना

~पूर्ण श्रेष्ठ~


पश्चिम भन्दा पूर्व भिड्दै,
समुद्रसीमा जोड्ने,
पृथ्वी नारायणको सपना ।

वर्ग बिहीन, शिषण रहीत,
समाजको निर्माण गर्ने,
कार्ल मार्क्सको सपना ।


प्रत्यक वर्ष डेढ करोड नागरिकलाई,
गरिवीमुक्त गर्ने,
चिनियाँ सरकारको सपना ।

अन्य ग्रहहरुमा ,
मानव वस्ती बसाउने,
वैज्ञानीकहरुको सपना ।

पूरा भए भएनन् यि सपना,
पूरा होलान् नहोलान् यि सपना,
तर पनि मलाई महान लाग्दछन् यि सपना ।

निदाए पछी देखिने हैनन् यि सपना
यि त हुन्, निदाउनै नदिने सपना
कालजयी, चमत्कारीक सपना ।

- पूर्ण श्रेष्ठ (मार्च ४, २०१७)

(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment