Saturday, March 4, 2017

अगजल : आजभोली


~विश्वजित अधिकारी~

जे गरौं जसो जसो गरौं जतासुकै लै'जाउ जेमा पनि करार छ आजभोली त ।
सँगै बस्ने नङ्ग मासुमा नै पनि दरार छ आजभोलि त ।

किन बेच हुन्छ मायामा पनि
दिल बेच्ने कै बजार छ आजभोलि त ।

गरीबका छोराछोरीका पनि बिहे हुन्थ्यो पहिले
महलवाला संस्कार छ आजभोलि त ।

समय पनि यो कस्तो आयो बिक्नलाई मान्छेको त कुरै छोडौं
देवतालाई पनि हतार छ आजभोलि त ।

मुटु छिया छिया होला ख्याल गर्नुहोस् है
फूलमा पनि धार छ आजभोलि त ।

मान्छेहरु खै भेटिनै छाडे यहाँ
बरु फेसबूक मै प्यार छ आजभोलि त । 


(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment