Saturday, March 4, 2017

कविता : धर्म

~अर्चना धाख्वा~

जे म गर्छु या तिमीले गर्यौ जे
त्यो सही थियो या गलत थियो के
यहि मापदण्ड र दोषारोपणमा
धर्म धल्मलि अशुद्धियो रे

सहि आफु भन्ने भ्रम
न लागे त्यो हुने थिएन कर्म
जुन  बखत जे कार्य हुन पुग्छ
त्यो आधारको हुने थिएन जन्म
गहिरिन्छ जति  चेतना यो
गहिराई को सीमा असिमित गढ़िन्छ
अन्योलमा रनभुल्ल अन्धकार मति
भुमरीमा खोजेर बाटो दबिन्छ

यद्यपि उक्लेर अहमको सागर
तैरिएर जो आए किनार
ज्ञान ज्योति चकमन्न चम्कि
नव जीवनले गर्थ्यो सत्कार

यहि समयलाई जानीकन उचित
मैत्री, करुणा, मुद्धिताबाट प्रेरित
भैकन प्रतिपल कर्म थाले
धर्म ढल्मलि नहुँदो हो दुषित
 
(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment